MENU

एमाले–माओवादी सकिने बेला भयो : खाँण

635x90_3

लक्ष्मण पोखरेल मंगलवार, कात्तिक २८, २०७४ 1597 पटक पढिएको

Share This

635-X-85_1

बुटवल : लोकतान्त्रिक गठबन्धनका नेताले एमाले–माओवादी गठबन्धनलाई जनताले सिध्याउने भन्दै गठबन्धनको कटु आलोचना गरेका छन् । लोकतन्त्रबाट प्राप्त अधिकार कुण्ठित गर्ने गरी गठबन्धन बनेको भन्दै नेताले गठबन्धनलाई अनैतिक भएको संज्ञा दिए ।

निर्वाचन प्रचारका लागि बुटवलमा मिडिया सेन्टर उद्घाटन गर्दै केन्द्रीय प्रचार संयोजक बालकृष्ण खाँणले एमाले–माओवादीले सकेसम्म कम्युनिजम ल्याउन खोजेको दाबी गरे । नेपाली जनताले निरंकुशता नचाहाने दाबी गर्दै उनले गठबन्धनकै कारण एमाले माओवादीको समाप्तिको चरण आइसकेको बताए । एमाले माओवादी राजतन्त्र, पञ्चायत जस्तै गरी सकिने बेला आएको छ, उनले दा गरे ।

नेता खाँणले नेपाली जनताले राणाशासन, पञ्चायतसँगै राजतन्त्र समेत ढालेको इतिहास ताजै रहेको भन्दै एमाले माओवादीको पतन समेत सम्भव भएको दावी गरे । कार्यक्रममा बोल्दै राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दिपक बोहोराले वाम एकता अधिकार कुन्ठित गर्ने नियतले आएको दाबी गदै निर्वाचनको बेला जनताहरु सचेत हुन आवश्यक रहेको बताए । अबको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दश वर्षे लामो सरकार बन्ने दावी गर्दै त्यो सरकारले देशको आमुल परिवर्तन गर्ने दावी गरे ।

नेता बोहोराले आफू पञ्चायतकालको मन्त्री भएकाले विकासका कामहरु धेरै गरेको बताए । प्रदेशको राजधानी बुटवल, सुनौली–कोरलानाका सडक मार्ग, लुम्बिनीको विकास, भैरहवा विमानस्थल जस्ता ठूला योजनाहरु तत्काल सम्पन्न गरी रुपन्देहीलाई नमुना क्षेत्र बनाउने दावी गरे । सो अवसरमा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार भरत शाहले आर्थिक उदारिकरणको नीतिको रक्षाका लागि पनि लोकतान्त्रिक गठबन्धनको जीत आवश्यक रहेको बताए ।

सो अवसरमा बोल्दै प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले बाम गठबन्धनले अधिनायकबाद ल्याउन नसक्ने दावी गरे । कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, क्षेत्र नम्बर २ का उम्मेदवार युवराज गिरी, प्रदेश उम्मेदवार काजिमान श्रेष्ठ, मिडिया सेन्टर बुटवलका संयोजक रामराज पोख्रेल, प्रेस युनियनका रुपन्देही अध्यक्ष विक्रम खड्कालगायतले आफ्नो मनतव्य राखेका थिए।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2