MENU

छुट्टा छुट्टै दुर्घटनामा चारको मृत्यु

हरि शर्मा मंगलवार, कात्तिक २८, २०७४ 1363 पटक पढिएको

Share This

635-X-85_1

परासी : नवलपरासीमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ। बुटवल नारायणगढ सडक खण्डको सुनवलस्थित बडेरामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दघाटबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९८०८ नम्बरको माईक्रो बसले विपरित दिशाबाट जाँदै गरेको लु ३४ प ५०७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा चालक रूपन्देही देवदहका विजय केसी र पछाडी सवारी अन्दाजी २६ वर्र्षीया एलिजा क्षत्रीकाे मृत्यु भएको हो। उनको सनाखत हुन सकेको छैन।

त्यसैगरी भूमही परासी सडक खण्डको रानीपाकडमा नम्बर खुल्न नसकेको जीपले ठक्कर दिँदा पैदल यात्री सुनवल– १२ भूमही बस्ने ६५ वर्षीया गंगा पाण्डेको मृत्यु भएको छ।

त्यस्तै परासी– सुनवल खण्डको स्वाठीमा बा १२ ख ४८९० नम्बरको टिपरले विपरित दिशाबाट साईकलमा जाँदै गरेका २२ वर्षीय भाव सुवेदीलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना गराउनेमध्ये जीप चालकको पहिचान हुन नसकेको र अन्य सवारी साधन प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2