MENU

पाटन औद्योगिक क्षेत्रमा आगलागी, तस्बिरहरू

patan-college

अन्नपूर्ण मंगलवार, कात्तिक २८, २०७४ 3428 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा मंगलबार राति आगलागी भएको छ। आगलागीको कारण पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

काठमाडौँ, ललितपुर महानगरपालिकाका दमकल, त्रिभुवन विमानस्थल, निजी पानी ट्यांकरको पानी प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन्।

आगलागीका कारण आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन।

तस्बिरहरूः 

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2