MENU

नयाँ वर्षमा कालिञ्चोकमा केबलकार

635x90_3

सुवास योञ्जन बुधवार, कात्तिक २९, २०७४ 624 पटक पढिएको

Share This

635-X-85_1

चरिकोट : कालिञ्चोक केबलकार निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । दोलखाको प्रसिद्ध मन्दिर कालिञ्चोक मन्दिर दर्शनमा जाने धार्मिक पर्यटकलाई लक्ष्य गरी केबलकार सञ्चालनमा ल्याउन लागिएको हो ।

वर्षात्मा निर्माण सामग्री ढुवानीमा परेको समस्याका कारण ढिलाइ भएको र हाल तीव्र गतिमा काम भइरहेको केबलकार निर्माण कम्पनी कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख अशोक शिवाकोटीले जानकारी दिए । दुई महिनासम्म हिउँ नपरे नयाँ वर्षमा केबलकार सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेको उनले बताए ।

केबलकारका लागि आवश्यक सामग्री स्वीट्जरल्यान्डबाट काठमाडौंमा ल्याइसकेको उनले जानकारी दिए । बाँकी काम द्रुत गतिमा बढ्नेछ । सुरुमा २६ करोड रुपैयाँ लागत भनिए पनि निर्माण अवधि लम्बिएसँगै लागत रकम बढेर ४० करोड रुपैयाँ पुगेको सञ्चालकको भनाइ छ । उक्त केबलकारमा तत्कालका लागि दुईवटा गोन्डुला हुनेछन् । उक्त गोन्डुलाको क्षमता १२ जना रहेको र एक दिनमा १२ सय व्यक्ति ओसारपसार गरिसक्नेछ ।

६ वटा टावर रहने केबलकारको हालसम्म चारवटा काम सकिएको छ । बाँकी टप स्टेसनको फाउन्डेसन तयार भइसकेको छ । तत्कालका लागि केबलकार मात्र सञ्चालन गर्ने र करिब २ वर्षभित्रमा त्यहाँ आवश्यक सम्पूर्ण संरचना निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको प्रमुख शिवाकोटीको भनाइ छ ।


केबलकारमा तत्कालका लागि दुईवटा गोन्डुला हुनेछन् । उक्त गोन्डुलाको क्षमता १२ जना रहेको र एक दिनमा १२ सय व्यक्ति ओसारपसार गरिसक्नेछ ।

दोलखाको कालिञ्चोक गाउँपालिकाको कुरीमा निर्माण भइरहेको केबलकार निर्माण सम्पन्न भएपछि कालिञ्चोक माताको दर्शनका लागि आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सञ्चालकहरूको विश्वास छ । अहिले पनि धेरै धर्मावलम्बी चाहेर पनि मन्दिरसम्म पुग्न नसकिरहेको अवस्थामा केबलकार निर्माणले सजिलो बनाउन केबलकार सञ्चालक बालकृष्ण शिवाकोटीको भनाइ छ । तराईबाट दोलखामा आउने सहज र छोटो बाटो निर्माण भइसकेकाले पनि भारतीय नागरिकलाई पनि कालिञ्चोक दर्शन गर्न सहज हुने उनले बताए ।

कुरीबाट करिब एक घण्टा उकालो हिँड्नुपर्ने बाध्यताका कारण धेरै धार्मिक पर्यटक कालिञ्चोक नआएको उनको भनाइ छ । केही महिनापछि भने आवागमन सहज हुनेछ । पर्यटकीय क्षेत्रको विकासले नै दोलखाको विकास हुने उनले बताए ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2