MENU

नेपालको ऐतिहासिक सेमिफाइनल यात्रा

635x90_3

अन्नपूर्ण बुधवार, कात्तिक २९, २०७४ 3312 पटक पढिएको

Share This

635-X-85_1

यू-१९ युथ एसिया कप क्रिकेट

 

काठमाडौं : नेपाल पहिलोपटक एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न समूहगत चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको थियो । सोही दिन भएको अर्को खेलमा बंगलादेशले पनि भारतलाई आठ विकेटले हराएपछि नेपालको सेमिफाइनल यात्रा पक्का भएको हो।

सन् २०१२ बाट सुरु भएको युथ एसिया कपको अघिल्ला तीन संस्करणमा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । प्रतियोगिताको चौथो संस्करणमा भने दुई जितबाट चार अंक बटुलेको नेपाल समूह ‘ए’बाट उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो । समूहगत चरणका तीनमध्ये सबै खेलमा जित हात पारेको बंगलादेश भने समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा पुग्यो ।

समूहगत चरणको आफ्नो पहिलो खेलमा बंगलादेशसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा दुई विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने बलियो टेस्ट मान्यता प्राप्त राष्ट्र भारतको युवा टोलीमाथि १९ रनको ऐतिहासिक जित हात पार्दै सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको थियो । मंगलबारको खेलमा मलेसियाविरुद्ध आठ विकेटको जित हात पारेको अवस्थामा पनि दोस्रो खेलमा बंगलादेशले भारतलाई पराजित नगरेको भए नेपालको सेमिफाइनल सम्भावना मुस्किल देखिएको थियो।

प्रतिस्पर्धात्मक खेलमा भारत विजयी भएको भए नेपाल कमजोर रन रेटका आधारमा फेरि पनि समूहगत चरणबाटै बाहिरिने सम्भावना थियो । मंगलबार नेपाल र भारत विजयी बनेको भए बंगलादेशसहित तीनवटै टोलीको समान चार÷चार अंक हुने थियो । त्यस्तो अवस्थामा कमजोर रन रेटका आधारमा नेपालको सेमिफाइनल सम्भावना समाप्त हुने थियो । आफ्नो अन्तिम खेलमा बंगलादेशसँग पराजित हुँदा पनि भारतको नेट रन रेट नेपालको भन्दा राम्रो छ । तर, अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएपछि नेपालका लागि पनि रन रेट टाउको दुःखाइको विषय बनेन ।

नेपाल र बंगलादेशसँग लगातार पराजित भएपछि अघिल्ला तीनवटै संस्करणको उपाधि विजेता भारत भने समूहगत चरणबाटै बाहिरिएको छ । सन् २०१२ मा मलेसियामै भएको पहिलो संस्करणमा पाकिस्तानसँग संयुक्त विजेता बनेको भारतले सन् २०१३÷१४ मा संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न दोस्रो र सन् २०१६ मा श्रीलंकामा भएको तेस्रो संस्करणको उपाधि हात पारेको थियो । यसपटक भारत समूहगत चरणमै पराजित भएका कारण चौथो संस्करण नयाँ टोलीले जित्ने निश्चित भएको छ ।

नेपालले अब फाइनल प्रवेशका लागि बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अफगानिस्तान समूह ‘बी’को विजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । यसअघिका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको अफगानिस्तान नेपालका लागि यो प्रतियोगितामा पनि बलियो प्रतिद्वन्द्वी हो । समूह ‘बी’ अन्तर्गतको खेलमा अर्को टेस्ट मान्यता प्राप्त पाकिस्तानको युवा टोलीलाई सात विकेटले पराजित गरेको अफगानिस्तान अन्य खेलमा समेत बलियो प्रदर्शन गर्दै आफ्नो समूहको विजेता बनेको हो । बिहीबार हुने पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । नेपालले भने शुक्रबार अफगानिस्तानसँग सेमिफाइनल खेल्नेछ । समूह ‘बी’बाट अर्काे टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंका पनि बाहिरिएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2