MENU

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

अन्नपूर्ण बुधवार, कात्तिक २९, २०७४ 462 पटक पढिएको

Share This

635-X-85_1

इलाम : मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । ट्रकमा नै रहेका इलाम नगरपालिका—१० गोदकका सिंहराज महत र सुनसरी जिल्ला दुहवीका करन ऋषिदेव घाइते भएका छन्

उनीहरुको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उहाँहरुको अवस्था सुधार उन्मुख रहेको बताइएको छ ।

झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको सो ट्रक सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ । रासस

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2