MENU

'भोजपुरे नागरिकको चासो विकास र समृद्धि'

635x90_3

अन्नपूर्ण बुधवार, कात्तिक २९, २०७४ 1030 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : वाम गठबन्धनका तर्फबाट भोजपुर जिल्लाको प्रदेश सभा १ मा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले भोजपुरका नागरिकको चासो विकास र सृंमिद्व भएको बताएका छन् । राई प्रदेश सभा क्षेत्र नम्बर १ मा पर्ने गाउँ बस्तीमा आफ्ना प्रतिवद्धतापत्रसहित मतदाता भेटघाटमा व्यस्त भएका छन् ।

‘भोजपुरका नागरिकले विकास र रोजगारी खोजेको छन्, म त्यो पूरा गर्न आतुर छु' उनले भने,‘ समृद्व नेपालका क्रियाशील हुने उनले अठोट लिएका छन् । ‘विगतका सांसदले निर्वाचित भएपछि जिल्ला नआउने र पूर्व प्रतिवद्धता अनुसार काम नगरेको गुनासो नागरिकको देखियो, म सुख, दुःखमा सँगै रहने छु' उनले भने ।

खेलकुदका गतिविधिमार्फत पनि राई युवा पुस्तामाझ लोकप्रिय बनेका छन् । पाको पुस्ताले उनलाई भरोसा योग्य नेताका रुपमा लिने गरेका छन् । सडक, विद्युत, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका क्षेत्रमा आगामी पाँच बर्षभित्र गर्ने कामहरुको उनले क्रमवद्ध तालिका नै निर्माण गरेर चुनावी मैदानमा होमिएका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2