MENU

नेपाली मोबाइल बजारमा भिभोको प्रवेश

अन्नपूर्ण मंगलवार, मंसिर १२, २०७४ 715 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: नेपाली स्मार्टफोन बजारमा नयाँ प्रतिस्पर्धी प्रवेश गरेको छ । चिनियाँ ब्रान्ड भिभो उत्कृष्ट सेल्फी क्यामेरायुक्त स्मार्टफोन लिएर नेपाल भित्रिएको हो । पछिल्लो समय नेपालमा विभिन्न ब्रान्डका स्मार्टफोन भित्रिने होडबाजी चलेको छ । भिभोले आइतबार राजधानीमा भी सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ ।

भी सेभेनमा २४ मेगापिक्सल फ्रन्ट क्यामेरा रहेको छ । सेल्फी फोटो र अन्य दृश्य कैद गर्नका लागि मोबाइल उत्कृष्ट रहेको कम्पनीको दाबी छ । अरु ब्रान्डभन्दा भिन्न फोटोग्राफी विशेषता, स्क्रिन क्वालिटी, उच्च क्षमताको फ्रन्ट फेसिङ क्यामेरा, फुल भ्यू डिस्प्लेलगायत आधुनिक प्रविधिबाट सुसज्जित भी सेभेन नेपालमा छिट्टै लोकप्रिय बन्ने कम्पनीको विश्वास छ । भिभोले आधुनिक युवाको चाहनालाई ध्यानमा राखेर स्टाइलिस र डाइनामिक उत्पादन बजारमा ल्याउँदै आएको छ ।

पर्फेक्ट सेल्फी
स्मार्टफोनमा २४ मेगापिक्सेल फ्रन्ट फेसिङ क्यामेरा छ जसले स्मार्टफोन बजारमा सेल्फीमा अग्रता लिँदै आएको छ । यसले क्रिस्टल क्लिएर सेल्फी दिन्छ । भी सेभेनमा रहेको फेस ब्युटी ७.० फिचरले डीएसएलआर क्यामेराले जस्तै कम उज्यालोमा पनि सेल्फिलाई चहकिलो बनाउनुका साथै रङहरूमा एकरूपता ल्याउँछ ।

यो ६४ विट क्वाल्कम अक्टाकोर सीपीयू र ४ जीबी र्‍यामले सुसज्जित छ । प्रयोगकर्तामैत्री फन टच ३.२ ओएस विशेषताजस्तै स्मार्ट स्प्लिट ३.० ले भी सेभेनलाई उपभोक्ताको उत्तम साथी बनाएको छ । फिंगरप्रिन्ट सेन्सरबाहेक भी सेभेनमा रहेको भिभोको फेस एक्सिस प्रविधिले फोन अनलक गर्न सजिलो र सुविधाजनक बनाएको छ । यसले तुरुन्तै एक सयभन्दा बढी भिन्न अनुहारको पहिचान बिन्दु पत्ता लगाउँछ, जसले तपाईंलाई महत्वपूर्ण क्षण जहाँ पनि जहिले पनि खिच्न अनुमति दिन्छ।

भिभोको भी सेभेन मोबाइल फोन डिसेम्बर तीनदेखि बजारमा उपलब्ध हुने बताइएको छ। यसको प्रि–बुकिङ भने आइतबारदेखि नै सुरु भएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2