MENU

तीनजनालाई यामाहाको बाइक र स्कुटर

अन्नपूर्ण मंगलवार, मंसिर १२, २०७४ 245 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: सिभिल मलद्वारा विजयादशमी र दीपावलीको उपलक्ष्यमा आयोजित प्रवद्र्घनात्मक कार्यक्रम ‘यामाहा सिभिल मल दसैंतिहार महोत्सव २०७४’ सम्पन्न भएको छ ।

भदौ २४ देखि कात्तिक १८ गतेसम्म सञ्चालित कार्यक्रममा एक हजार वा सोभन्दा बढी रकमको सामान खरिद गर्ने ग्राहकमध्ये तीन जनाले यामाहाको बाइक र स्कुटर प्राप्त गरेका छन् ।

विजेतामध्ये बुटवलका विजय राणाले यामाहा एफजी २५, बालाजुका असीम कोइरालाले यामाहा फ्यासिनो र गोंगबुका शक्ति थापाले यामाहा रे जेड प्राप्त गरेका छन् । गोलाप्रथाबाट चयन गरिएका अन्य विजेताले एलजीको स्मार्ट टीभी, आस्रीको हीराको हार, मोबाइल फोन, आइरन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, वासिङ मेसिन, रेफ्रिजेरेटर, एलजीको एलसीडी टीभी प्राप्त गरेका छन् । कार्यक्रम अवधिभर ३५ हजार कुपन वितरण गरिएको थियो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2