MENU

शिवराजले जिते स्कोडा र्‍यापिड कार

अन्नपूर्ण मंगलवार, मंसिर १२, २०७४ 295 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ' को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ । बम्पर योजनामा भैरहवाका शिवराज थारुले ब्रान्ड न्यू स्कोडा र्‍यापिड कार जित्न सफल भएका छन्।

लक्की ड्र कार्यक्रममा एमएडब्लू इन्टरप्राइजेजका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेसेडर शरद भेषवाकरको पनि उपस्थिति थियो । भेषवाकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट थारुको नाम निकालेका थिए । थारुले युरोपमा सबैभन्दा बढी रुचाइएको स्कोडा र्‍यापिड कार जितेका छन् । उनले भैरहवास्थित किस्मत अटोमोबाइल्सबाट यामाहा एफजी–एस एफआई स्पेसल एडिसन खरिद गरेका थिए।

यामाहाको दसैं योजना भदौको दोस्रो साताबाट सुरु भएर कात्तिक मसान्तमा अन्त्य भएको थियो । यो योजनामा ग्राहकले सात हजार रुपैयाँ नगद छुट र साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँसम्म जित्ने अवसर पाएका थिए।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र आरथ्री उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटर प्याटेन्टेड ‘ब्लू कोर' इन्जिनजडित छन् ।

यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2