MENU

यमनका पूर्व राष्ट्रपतिको हत्या, शान्ति वार्ता अन्योलमा

एजेन्सी मंगलवार, मंसिर १९, २०७४ 4848 पटक पढिएको

Share This

635-X-85_1

हाल यमन विश्वक ठूलो भोकमरीको जोखिममा रहेको छ । साउदी अरेबियाको गठबन्धनले यमनसँगका सिमानाहरू बन्द गर्नुका साथ विविध अत्यावश्यक वस्तुहरूको आपूर्ति पनि रोकेको छ । सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि सत्तालपट गर्न खोजेको आरोप पनि लगाएको थियो । अरब क्षेत्रको विपन्न देश यमनमा विगत केही वर्षदेखि हिंसा जारी छ ।

यस हिंसामा परी हजाराँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । पछिल्लो समयमा यमनको राजधानी सानामा निक ठूला भिडन्त हुन थालेका छन् । ती भिडन्तमा परी सर्वसाधारण र निहत्था नागरिकको ज्यान गएको छ ।

हुथी विद्रोहीलाई इरानले समर्थन गर्द आएको छ । राष्ट्रपति अबेद्रबु मन्सुर हादीलाई भने अन्तर्राष्ट्रिय समर्थन छ । यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ वर्षीय सालेह सन् २०१२ को आन्दोलनका बलमा पदच्युत भएका थिए ।

शान्तिवार्ता हुने अन्योल

साना : यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुथी समूहका उच्च अधिकारीले सोमबार पुष्टि गरेका छन् ।सालेह, उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै सोमबार खावलान जिल्लाबाट साउदी अरेबिया नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ ।

मन्त्रालयले त्यस ठाउँको भिडियोमा सालेहको मृत शरीर कैद भएको दृश्य देखिएको बताएको छ । ‘मिलिसियाका कारण सिर्जना भएको संकट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्’, अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ । पूर्वराष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए ।

सालेहले हुथी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त शासन सम्हालेका थिए । यमनी सामाजिक सञ्जालमा सालेहको शवको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले उनको मृत्युको समाचार सार्वजनिक यमनका पूर्वराष्ट्रपति अब्दुल्लाह सालेहको सैन्य गठबन्धनले यमनी गठबन्धन फौजविरुद्ध सन् २०१५ देखि नै विद्रोह गर्दै आएको थियो । यमनी पूर्वराष्ट्रपति सालेहले साउदी अरेयिबासँग शान्तिवार्ताको आह्वान गरेका थिए ।

साउदी अरेबिया नेतृत्वको उक्त गठबन्धनले पनि सालेहसँग शान्तिवार्ता गर्न तयार भएको जानकारी आइतबार मात्रै दिएको थियो । त्यसका लागि केही शर्त पनि राखेका छन् । साउदी नेतृत्वको गठबन्धनले नाकाबन्दी हटाउनुपर्ने र आफूहरूविरुद्धका आक्रमणहरू पनि जतिसक्दो चाँडै रोक्नुपर्ने माग सालेहको थियो । सालेहको हत्यापछि यमनी शान्तिवार्ता अन्योलमा पर्ने देखिएको छ ।
गत साता सानामा भएको झडपमा विद्रोही र सरकारी बलका करिब ६० व्यक्तिको मृत्यु भएको थियो । हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ ।

पछिल्लो समयमा भएका ती झडपहरूका कारण एम्बुलेन्स र चिकित्सक पनि घाइतेहरूसमक्ष पुग्न सकेका छैनन् । यसैगरी सर्वसाधारणले पनि आवश्यकताअनुसार खाद्य सामाग्री तथा अन्य बस्तु किनमेल गर्न बाहिर जान नसक्ने अवस्था छ । त्यसैगरी सहयोगकर्ताहरू पनि निर्बाध रूपमा हिँडडुल गर्न सक्ने अवस्था हाल यमनमा छैन । उक्त आक्रमणमा हालसम्म ८ हजार ७ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

नागरिक रक्षा र वार्ताको आग्रह

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् । यथाशीघ्र युद्धविराम गर्न सकिए यमनमा हाल जारी रहेको मानवीय संकट कम गर्न सकिने उनले बताएका छन् । गुतेरेसले केही दिनदेखि सशस्त्र द्वन्द्व जारी राखेका सबै दललाई यस्तो आग्रह गरेका थिए ।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि स्माली ओल्ड चेख अहमदले पनि यमनमा हुने गरेका द्विपक्षीय झडपमा सर्वसाधारण नागरिकको रक्षाका लागि सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । ती भिडन्त तथा द्विपक्षीय झडपमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य भएको अहमदले जनाएका छन् । युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेना सबैले अन्तर्राष्ट्रिय नियम पालना गर्नुपर्ने बताएका छन् ।

विभिन्न प्रचलित कानुनको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको पनि उनले विज्ञिप्तमार्फत उल्लेख गरेका छन् । साथै उनले युद्धरत सबै पक्षलाई शान्तिपूर्ण वार्तामा आएर यसैका माध्यमबाट सबै समस्या समाधानको पहल गर्न पनि आग्रह गरेका छन् । गत मंगलबार र बुधबार भएका विभिन्न ठाउँमा भएका भिडन्तमा दर्जनौँ नागरिकको ज्यान गएको थियो ।

कामना अवार्डमा छक्का पञ्जा हाबी

काठमाडौं (अन्नपूर्ण) : कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक १७ विधाको मनोनयनमा परेको छ । दीपा श्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नवनिर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्यकलाकार, पाश्र्व गायक, नृत्यनिर्देशक, पाश्र्वसंगीत, छायांकन, सम्पादन र ध्वनि मि श्रण विधाको मनोनयनमा परेको हो । यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटी र कृष्ण काफ्ले मनोनयनमा परेका छन् ।

त्यसैगरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४÷१४ विधाको मनोनयनमा परेको छ । जात्रा उत्कृष्ट चलचित्रका साथमा नवनिर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, खलपात्र, हास्यकलाकार, बालकलाकार, पटकथा, संवाद, सम्पादन, शृंगार, ध्वनि मि श्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ ।

हेमराज बीसीद्वारा निर्देशित चलचित्र गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेत्री, हास्यकलाकार, नवअभिनेत्री, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, शृंगार र ध्वनि मि श्रण विधाको मनोनयनमा परेको छ । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोनयनमा परेको छ । आकाश अधिकारीद्वारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयनमा परेको छ बाटोमुनिको फूल २ र डाइङ क्यान्डल (निभ्न लागेको दियो) नौ÷नौ विधाको मनोनयनमा परेका छन् । ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र किस्मत— २ पनि गीतकार, गायिका, द्वन्द्वनिर्देशक, नवअभिनेता र नृत्य निर्देशक गरी पाँच विधाको मनोनयनमा परेको छ । चलचित्र निर्भय र चपली हाइट— २ चार चार विधाको मनोनयनमा परेका छन् ।

सम्मान चलचित्रको : उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रूपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एकएक जनालाई जनही एक लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण बताइएको छ । कामना फिल्म अवार्डको तेस्रो संस्करण पुस २२ गते राजधानीमा हुने भएको छ । ३२ विधामा दिइने हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने जानकारी आयोजकले दिएको छ ।

अवार्ड आयोजक समितिका निर्देशक अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने बताए । ‘उत्कृष्टता, पारदर्शिता र निष्पक्षताका कारण यो अवार्ड फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास छ’, उनले भने ।


बाहुबली पथमा रजनीकान्त

मुम्बई : बाहुबलीको ऐतिहासिक सफलताले दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको सिंहासन हल्लाइदिएको छ । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा रजनीकान्तको नाममा नै चलचित्र सुपर हिट हुन्थे तर बाहुबलीले उनका चलचित्रलाई धेरै पछि धकेलिदियो । अहिले रजनीकान्त बाहुबलीलाई पछारेर आफ्नो वर्चस्व पुनस्र्थापित गर्न लागिपरेका छन् ।

रजनीकान्तका प्रिय निर्देशक शंकरले चलचित्र २.० निर्देशन गरेका छन् । यो उनकै हिट चलचित्र रोबोटको सिक्वेल पनि हो । यो फिल्मको सहारा लिएर रजनीकान्त आफ्नो गुमेको साख फर्काउन लागेका छन् । यो फिल्मको बजेट अहिले चार सय ५० करोड पुगेको छ । यो फिल्म भारतको सबैभन्दा महँगो र सफल चलचित्र बनाउने प्रयासमा रजनीकान्त लागेका छन् । फिल्मको रिलिज डेट बारम्बार परिवर्तन भइरहेको छ ।

दीपावलीपछि गणतन्त्र दिवसमा फिल्म रिलिज गर्ने तयारी थियो तर फेरि अप्रिलमा रिलिज गर्ने बताइएको छ । फिल्म २७ अप्रिल २०१८ मा रिलिज गरिने भएको छ । गत वर्ष यही सप्ताहमा बाहुबली रिलिज भएको थियो । २.० का निर्माता पनि बाहुबलीकै पथमा हिँडिरहेका छन् । यो फिल्म पनि बाहुबली जस्तै हिन्दी, तमिल र तेलगू भाषामा रिलिज गरिँदै छ । फिल्ममा अक्षयकुमारले खलनायकको भूमिका निर्वाह गरेका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2