MENU

निर्वाचन सामाग्री लैजाँदा सुरक्षाकर्मी अनिवार्य

कृष्णमणि बराल मंगलवार, मंसिर १९, २०७४ 652 पटक पढिएको

Share This

635-X-85_1

पोखरा: आमागीम मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनकालागि सुरक्षाकर्मीको साथमा निर्वाचन सामाग्री लिएर कास्कीका कर्मचारी खटिएका छन् । कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री बुझेर कर्मचारी गइरहेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगाप्रसाद सुबेदीले बताए।

कास्कीका अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रुपा गाउँपालिका दुर्गम क्षेत्रमा आइतवार नै कर्मचारीले निर्वाचन सामाग्री बुझेर लगेको उनले सुनाए। महानगरपालिका र नजिकका गाउँमा खटीएका कर्मचारीले सोमवार बिहानै देखि निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रतर्फ गएको उनले बताए।

क्षेत्रीय निर्वाचन कार्यालय पोखरावाट निर्वाचन सामाग्री बुझेर कार्यालय परिसरवाट बाहिर निस्कनु अघि नै अनिर्वायरुपमा सम्वन्धीन मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी उपस्थिती हुनु पर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको छ। निर्वाचन सामाग्री सहीत खटीने कर्मचारी माथी हुन सक्ने कुनै पनि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर यो व्यवस्था गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

सुरक्षाकर्मी विना निर्वाचन सामाग्री बोकेर निर्वाचन कार्यालय परिसरवाट बाहिर निस्कने लागेका कर्मचारीलाई निर्वाचन कार्यालयमा खटिएका सुरक्षा कर्मीले रोकेर सम्वन्धीत निर्वाचन क्षेत्रमा खटिएका सुुरक्षा कर्मीको साथमा मात्र निर्वाचन सामाग्री लग्न सुझाएका थिए । सम्वन्धीत मतदान क्षेत्रका सुरक्षा कर्मी आएपछि मात्र क्षेत्रीय निर्वाचन कार्यालयको परिसरवाट निर्वाचन सामाग्री लग्न सुरक्षा कर्मीले कर्मचारीलाई अनुमती दिएका थिए। स्थानीय तहको निर्वाचनमा भने निर्वाचन सामाग्री लग्दा सुरक्षा कर्मी अनिवार्य गरिएको थिएन।

कास्की जिल्लामा २ लाख ५५ हजार मतदाता रहेका छन् । मतदानकालागि ३ सय १७ मतदान केन्द्र तोकिएको छ । कास्कीका निर्वाचन क्षेत्र नम्बर १ क मा ५० हजार २ सय मतदाता रहेका छन् । यसै गरि १ ख मा ४५ हजार ७ सय ९५, निर्वाचन क्षेत्र नम्वर २ क मा ३७ हजार ६ सय ४३, ख मा ३३ हजार ८ क्षेत्र नम्वर ३ क मा ४६ हजार २ सय ५२ र ३ ख मा ४२ हजार ४ सय ६५ जना मतदाता रहेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2