MENU

एकै दिनमा नबिल बैंकको १० नयाँ शाखा

अन्नपूर्ण मंगलवार, मंसिर १९, २०७४ 278 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: नबिल बैंकले सुर्खेतको वीरेन्द्रनगर, कैलालीको टीकापुर, बगरको तालचोक, कास्कीको अमरसिंह चोक पोखरा, दाङको लमही, महोत्तरीको बर्दिबास, चितवनको टा“डी, सिराहाको लाहान तथा सर्लाहीको हरिवनमा गरी एकै दिन सोमबार १० नया“ शाखा खोलेको छ ।

बैंकको थप नया“ शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् । देशको अग्रणी स्थानमा रहन सफल बैंकमध्ये एक नबिल बैंकले अनवरत रूपमा आफ्ना सेवा तथा सुविधा समाजका विभिन्न Ôेत्र र तप्काका बढीभन्दा बढी ग्राहकलाई उपलब्ध गराउने उद्देश्यअनुरूप विभिन्न Ôेत्रका शाखा कार्यालय खोलेको जनाएको छ ।

नयाँ खोलिएका १० वटा शाखासहित नबिल बैंकले ६२ वटा शाखा तथा दुईवटा एक्सटेन्सन काउन्टरसहित बृहत् सञ्जाल, सय वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत देशव्यापी रूपमा धेरै बैंकिङ एजेन्सीमार्फत विश्वभर सेवा प्रदान गरी आएको बैंकले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2