MENU

आईसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप : नेपाल-यूएई भिड्दै(लाइभ)

अन्नपूर्ण बुधवार, मंसिर २०, २०७४ 3607 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वक्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आफ्नो अन्तिम चरणको खेलमा नेपालले अहिले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध उसकै मैदानमा प्रतिस्पर्धा गरिहेको छ । युएईले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएपछि अहिले नेपालले व्याटिङ गरिरहेको छ ।

 नेपाल र यूएई यसअघि नै शीर्ष चारभित्र रहने होडबाट बाहिरी सकेकाले यो खेल दुवै टोलीका लागि औपचारिकतामा मात्र सीमित रहनेछ । विश्व क्रिकेट लिगको डिभिजन एकका आठ टोली सहभागी रहेको च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ ।

 

दुवै टोलीले प्रतियोगिताको शीर्ष चारभित्र अटाउने अवसरसँगै यसै प्रतियोगितामार्फत सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्नै विश्वकप क्रिकेटका लागि अर्को वर्ष हुने अन्तिम चरणको (ग्लोबल) छनोटका लागि स्थान बनाउने अवसर पनि गुमाइसकेका छन् ।

नेपाल र यूएई दुवै टोलीले त्यो अवसर पुनः प्राप्त गर्न डिभिजन दुई प्रतियोगिता खेल्नुपर्ने भएको छ ।

लाइभ

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2