MENU

युएईलाई नेपालले दियो दुई सय २२ रनको चुनौती

अन्नपूर्ण बुधवार, मंसिर २०, २०७४ 1680 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई दुई सय २२ रनको चुनौती दिएको छ ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतकीय पारी खेल्दा नेपालले दुई सय २१ रन बनाएको हो । नेपालका लागि शरदले सर्वाधिक ८१ रन बनाए । उनले ९४ बलमा पाँच चौका प्रहार गरेका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले ८३ बलमा ६ चौका प्रहार गर्दै ५४ रन बनाए ।

कप्तान पारस खड्का र सोमपाल कामी २० रनमै आउट भए भने बसन्त रेग्मीले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसकै मैदानमा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल र युएई यसअघि नै शीर्ष चारभित्र रहने होडबाट बाहिरी सकेका छन् । यो खेल दुवै टोलीका लागि औपचारिकता मात्र हो ।

विश्व क्रिकेट लिगको डिभिजन एकका आठ टोली सहभागी रहेको च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई आठौं स्थानमा छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2