MENU

संघीय संविधानको अनुमोदन

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 187 पटक पढिएको

Share This

635-X-85_1

संघीय संविधानको अनुमोदन

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनाव आज सम्पन्न हुँदैछ । यो नै यस्तो चुनाव हो, जसले एक दशकयता जारी गणतान्त्रिक संक्रमणको सफलतापूर्वक बैठान गर्दैछ । जनताले चुनेका प्रतिनिधिले दुई वर्षअघि जारी गरेको संविधान कार्यान्वयनका क्रममा विभिन्न आन्तरिक र बाह्य चुनौती देखा परे पनि अब यी दुई चरणका संघ प्रदेश चुनावमार्फत पूर्ण प्रयोगमा जाँदैछ । संविधान कार्यान्वयनका रूपमा हुँदै गरेको यो चुनाव अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनताले दिएको अभिमतको अनुमोदन पनि हो ।
चुनावलाई लक्षित गरेर केही हिंसात्मक घटना भए पनि समग्रमा निर्वाचन प्रभावित हुने गरी सुरक्षा चुनौती देखिएको छैन । यद्यपि सरकारले चुनाव सम्पन्न नहुञ्जेल यसमा चनाखो हुन जरुरी छ ।

पहिलो चरणको निर्वाचनमा स्थानीयमा भन्दा तुलनात्मक कम मतदाता चुनावमा सरिक भए पनि आम मानिसमा चुनावप्रति अपेक्षा र आकर्षण देखिएको छ । मतदान सकिएपछि आजैबाट मतगणना प्रारम्भ हुने भएकाले आम जनता मतपरिणाम जान्ने उत्सुकता र व्यग्र प्रतीक्षामा छन् । मतगणना सकिएर परिणाम सार्वजनिक नहुञ्जेल चुनाव पूर्णरूपमा सकिएको हँुदैन । त्यसकारण निर्वाचन आयोग, सरकार, सुरक्षा प्रशासन, दल सबै मतगणना नहुञ्जेल यो प्रक्रियालाई विवादरहित टुंग्याउनेतिर सचेत हुन आवश्यक छ ।

जनमत सधैं अपेक्षित हुँदैन । सम्पन्न देशका ‘वैज्ञानिक मत सर्वेक्षण’ समेत गलत ठहर्ने गरेका दृष्टान्त विश्वभर छन् । हाम्रो सन्दर्भमा त्यस्तो मत सर्वेक्षण नभए पनि अनुमानित जितहारको मात्रै चर्चा हुने गरेको छ । चुनावी माहौल राम्रो देखिँदा हौसिने र पछि माहौल आफ्नो पक्षमा नरहेको थाहा पाएपछि आत्तिने नेपाली राजनीतिक नेता–कार्यकर्ताको चरित्र हो ।
२०७० सालको संविधानसभाको चुनावमा नेपाली सेनाले मतदान केन्द्रबाट सदरमुकामसम्म मत बाकस ल्याउने काम मात्रै गरेको थियो, तर पछि माओवादीले देशभर चुनावी परिणाम आफ्नो पक्षमा नआएपछि सेनाले ‘कैफियत गरेको’ भन्दै मतगणनास्थल छोडेर हिँड्यो । विगतको त्यो तीतो अनुभवलाई अहिले पाठका रूपमा ग्रहण गर्नु आवश्यक छ । यसपटक पनि मंसिर ११ पछि थन्केका मतपत्र बाकसबाट निकाल्ने र गन्ने क्रममा कुनै खालका प्राविधिक त्रुटि नगर्नेतर्फ सचेतता आवश्यक छ । र, त्यस्तोमा सम्बन्धित दल, उम्मेदवार, सुरक्षाकर्मी, गणक कर्मचारीहरू सचेत र जिम्मेवार हुनुपर्छ । मत गन्नुपूर्व यी तमाम विषयबारे सोचेर र सर्वदलीय सहमति कायम गरेर अघि बढ्नु उचित हुन्छ ।

लोकतान्त्रिक विधिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि एउटाको हार र अर्को जित हुनु स्वाभाविक प्रक्रिया हो । पराजित हुने दल वा उम्मेदवारले पनि त्यसलाई सहज रूपमा लिने चरित्रको विकास हुनुपर्छ । वैज्ञानिक र पारदर्शी ढंगबाट मतगणनामा सामेल हुने र बाकसको मतलाई गणना नसकिएसम्म जोगाउने दायित्व सम्बन्धित सबैको हो । चुनाव गतिशील लोकतन्त्रको ब्यारोमिटर हो । त्यसैले चुनावमा सक्रिय सहभागिता र स्वस्थ प्रतिस्पर्धाले मात्रै लोकतन्त्र समृद्ध हुन्छ । एउटाले हारे लोकतन्त्र जित्ने र अर्कोले हारे लोकतन्त्र हार्ने भन्ने हुँदैन । व्यक्तिले हारे अर्को चुनावमा जित्न मिल्छ । पार्टीले हारे पनि अर्को चुनावसम्म जनमत आफ्नो पक्षमा ल्याउन समय मिल्छ ।

हजारौं जनताको बलिदानले प्राप्त लोकतान्त्रिक गणतन्त्र, आजसम्म अक्षुण्ण हाम्रो राष्ट्रियता र स्वभिमानले हा¥यो भने त त्यसको फिर्ती कठिन हुन सक्छ । यसर्थ, जनमतको कदर गर्ने चरित्र विकास गरिनुपर्छ । पराजित हुने भय त्याग्दै परिणाम पक्षविपक्ष जस्तो आए पनि चुनावी परिणामलाई हार्दिकतापूर्वक स्विकार्नुपर्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2