MENU

चेपाङलाई निशुल्क ट्याक्टर र कृषि आजार

मनिष दुवाडी बिहीबार, मंसिर २१, २०७४ 123 पटक पढिएको

Share This

635-X-85_1

गजुरी (धादिङ) : गोरु अभावका कारण अलिकति भएको पाखो बारीमा समेत खेतीपाती गर्न नपाइरहेका बेला धादिङको गजुुरी गाउँपालिका बडा नं ४ का चेपाङ समुदायले खेतबारी जोत्न प्रयोग हुुने ट्याक्टर निशुल्क पाएका छन ।

आफ्नो नाममा भएको पाखो बारीको उब्जनीले ६ महिनामात्रै खान पुग्ने गजुरी ४ नेवारबासमा चेपाङहरुले खेतीपाती गर्नको लागि बारी जोत्न पछिल्लो समय गोरु समेत पाएका थिएनन । नेवारबासका स्थानीय गणेश बहादुर चेपाङले भने, ‘गाउँमा आजकाल सितिमिति गोरु पाइदैन, पाइहाले पनि सवैको जोत्नुपर्ने हुन्छ, पालो कुर्दैमा महिना वित्छ, भएको पाखोबारीमा समेत भनेको बेला खेतीपाती गर्न गाह्रो भएको भइरहेको बेलामा अहिले हामीले बारी जोत्ने ट्याक्टर पाएका छौँ ।’

साना–साना गह्राहरु भएको पाखो बारीमा समेत जोत्न मिल्ने खालको ट्याक्टर पाएपछि चेपाङहरु खुसी भएका छन । नेवारबासकै स्थानीय शर्मिला चेपाङले भनिन, ‘हामीले बाउ बाजेको पालादेखी पाखोबारीमा धेरै दुःख गरेर हात र गोरुले खनीखोस्री आएका थियौ, अहिले त यसरी ट्याक्टरले पनि जोत्न मिल्ने रहेछ, अझ ट्याक्टरले त हामी महिलाहरुले पनि जोत्न सक्ने रहेछौँ, पाखो बारी जोत्न त गोरु भन्दा ट्याक्टर नै सजिलो हुने रहेछ । गोरुलाइ भन्दा खर्च पनि कम लाग्छ भनेका छन ।’

पृथ्वीराजमार्गको आदमघाटबाट ५ घण्टा हिडेपछि पुगिने नेवारवाँसमा अधिकाँश चेपाङ र केही तामाङहरुको बसोबास रहेको छ । त्यहाँका किसानहरुलाइ निशुल्क रुपमा ट्याक्टर पुु¥याउने काम चाहि भुकम्प पछि विपन्नहरुको जिविकोपार्जन सुधारमा काम गरिरहेको सस्था अक्सफाम र प्रयास नेपाल धादिङले गरिदिएको हो । चेपाङहरुलाइ ट्याक्टर मात्र नदिइ उनीहरुले बनाएको समुहका २÷२ जनालाइ निशुल्कै रुपमा ट्याक्टरले जोत्ने तरिका पनि सिकाइएको प्रयास नेपालमा कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए । उनले भने, ‘कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरेर उब्जनी बढाउने सरकारको निति अनुरुप नै हामीले विपन्न बस्तीहरुको रहेको गाउँमा कृषि उपकरणहरु वितरण गरेका हौँ, उपकरण मात्रै वितरण गर्ने नभइ उनीहरुलाइ कसरी उपकरण चलाउने, त्यसको सुरक्षा कसरी गर्ने भन्ने विषयमा हामीले निशुल्क तालिम पनि दिएका छाँ ।’

गाउँमा खेतीपाती गर्ने कृषकहरुको समुह बनाइ ट्याक्टरले खनजोत गरेबापत निश्चित रकम उठाएर ट्याक्टरको मर्मत कोष बनाउने पनि गणेशबहादुर चेपाङले बताए । उनले भने, ‘हामीलाइ सस्थाले मर्मत सुधार कोषको लागि पन्ध्र हजार रुपैया पनि दिएको छ, हामी सदस्यहरुले आफ्नो खेतबारी जोतेबापत थप केही पैसा उठाएर अरु पनि यस्तै उपकरणहरु किन्ने योजना बनाएका छाँ ।’

स्थानीय कृषकहरुको समुह बनाइ समुहले नै चलाउने गरि ट्याक्टर, बाली तथा तरकारीहरुमा औषधी र भिटामिन छर्कने, स्प्रेयर, गाउँघरमा उत्पादित बस्तुहरु जोखेर बेच्ने मिल्ने तराजु, थोरै थोरै परिमाणमा घरमै बसेर कुटानी पिसानी गर्ने मिल, लगायतका कृषि उपकरणहरु गजुरी गाउँपालिकाका विभिन्न १६ वटा कृषि मुहहरुलाइ निशुल्क रुपमा वितरण गरिएको हो ।


धादिङको ग्रामिण क्षेत्रका स्थानीयहरुको गुजाराको बाटो भनेको कृषि क्षेत्र नै भएकाले परम्परागत रुपमा गरिदै आएको कृषि पेशालाइ आधुनिक प्रविधिलाइ लैजान यस्ता कृषि औजार र उपकरणहरुको वितरणले किसानहरुमा प्रोत्साहन मिल्ने जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । जिल्ला कृषि विकास कार्यलय धादिङले पनि कृषकहरुको आर्थिक विकास र कृषिमा प्रविधिको विकासका लागि ९० प्रतिशतसम्मको अनुदानमा कृषि उपकरणहरुले वितरण गर्दै आएको छ ।



720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2