MENU

गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत

सुन्दरसिंह धामी बिहीबार, मंसिर २१, २०७४ 130 पटक पढिएको

Share This

635-X-85_1

गोकुलेश्वर (दार्चुला) : राज्यले संरक्षणमा चासो नदेखाएपछि दार्चुलाको गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत भएको छ । विमानस्थल लामो समयदेखि बन्द भएपछि राज्यको लगानी बालुवामा पानी सरह भएको छ । २०४० सालमा नियमित रूपमा सञ्चालित गोकुलेश्वर विमानस्थल २०५० सालमा बन्द भएको गोकुलेश्वर विमानस्थल कार्यालयका प्रशासक रामदत्त विष्टले जानकारी दिए ।

उनले भने, ‘२०४०सालमा विमानस्थल राम्रोसँग सञ्चालनमा आएको थियो । महाकाली लोकमार्गमा सडक यातायात सुरुसँगै त्यस ठाउँका स्थानीयले पनि सडकको पहुँचसँग आबद्ध हुँदा विमानस्थल वरिपरी घर बन्दा विमानस्थल पूर्णरूपमा बन्द भएको जानकारी दिए । यसका साथसाथै यो विमानस्थलमा आबद्ध कर्मचारीले पनि सेवा सुविधा कम भयो भनेर आनाकानी गर्दा कर्मचारी अभावमा विमानस्थल पूर्णरूपले बन्द भएको उनको भनाइ छ ।

यो विमानस्थल सुचारु हँदा दार्चुलालगायत विभिन्न ठाउँका मानिसलाई आवतजावतमा सुविधा पुगेको थियो । महाकाली लोगमार्गको निर्माण पूर्व निकै चहलपहल हुने यो विमानस्थलमा चार जिल्लाका स्थानीयबासीको आवतजावतका कारण तत्कालीन समयमा व्यापारिक दृष्टिबाट पनि यो निकै उपयोगी बनेको थियो । विमानस्थल पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन् । गोकुलेश्वर विमानस्थल जस्तै अन्य विमानस्थल बैतडीको पाटन विमानस्थल भने संकटकालको बेलामा पनि नियमितरूपले सञ्चालन भएको थियो ।

विमानस्थल लामो समयदेखि बन्द भएपछि राज्यको लगानी बालुवामा पानी भएको छ ।


पहिलोपटक गोकुलेश्वर विमानस्थलमा निगमको विमानले उडान भर्दा खुसीले गदगद भएका दार्चुलाबासीलाई गौचरनमा परिणत भएको विमानस्थल हेर्नु यतिखेर दैनिकी बन्दै गएको छ । विमानस्थल नेपाल नागरिक उड्यन प्राधिकरणका नाममा भए पनि हवाई सेवा बन्द भएपछि अहिले दिन प्रतिदिन अक्रिमणको चपेटामा पर्दै गएको छ । विमानस्थलमा हाल एक जना चौकिदारको दरबन्दी छ ।

बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म विमानस्थलको धावनमार्ग र त्यसको आसपासमा पशु चौपायालगायत घोडा खच्चर चरिरहेका छन् । पूर्वाधार भएर पनि प्रयोगविहीन अवस्थामा रहेको विमानस्थल सञ्चालन चुनावी नारमा मात्र सीमित पार्ने काम भएको छ । यसलाई पुनःसञ्चालनमा ल्याउनेतर्फ सरकार एवं राजनीतिक दलको खासै चासो नदेखिएको स्थानीयबासीको गुनासो छ ।

लगभग १३ सय मिटर लम्बाई ५ सय मिटर चौडाई रोपनी क्षेत्र फलसहितको यो विमानस्थल पुनः सञ्चालनमा ल्याउन सकिए पर्यटकीय दृष्टिले लाभदायिक बन्ने निश्चित छ । यो विमानस्थलको उडान क्षेत्रमा पवित्र चौलानी नदी मालिकार्जुन मन्दिर, शैल्यशिखर धाम, लटिनाथ मन्दिरलगायत प्राकृतिक धार्मिक तथा ऐतिहासिकस्थल रहनाले पनि यो ठाउँको पर्यटकीय महŒव बढिरहेको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीको भनाइ छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2