MENU

शम्भुजित अभिनन्दित

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 100 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं (अन्नपूर्ण) नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति एवं संगीतकार शम्भुजित बाँस्कोटालाई हङकङमा अभिनन्दन गरिएको छ । मानवीय कर्मका लागि हङकङ पुगेका छोरीचेलीहरूले सञ्चालन गर्दै आएको ‘चा“गे धर्ती आमा कोष’ हङकङले एक कार्यक्रमबीच बाँस्कोटाको अभिनन्दन गरेको हो ।

कोषले त्यहा“ आयोजित ‘सुमधुर सांगीतिक सौगात २०१७’ नामक कार्यक्रममा बाँस्कोटाले नेपाली गीत संगीतका साथै जातजाति र भाषाभाषीका गीत संगीतको प्रवद्र्धन र संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको हो ।

आर्थिक अभावमा गुज्रिरहेका बिरामीको पुनर्जीवनका लागि आयोजित कार्यक्रममा बाँस्कोटाका साथमा नायिका केकी अधिकारी आकर्षणको केन्द्र बनेकी थिइन् । कार्यक्रममा बाँस्कोटाले आफूले संगीत भरेका र गाएका आधा दर्जन लोकप्रिय गीत गाएर हङकङवासी नेपालीको मन जितेका थिए ।

नायिका अधिकारीले फिल्मी गीतमा नृत्य गरी मनोरञ्जन प्रदान गरेकी थिइन् भने हास्य कलाकार शेरबहादुर गुरुङले कमेडी प्रस्तुत गरेका थिए । उनले जादुसमेत प्रस्तुत गरेका थिए । गायिका प्रकृति थलङ र केञ्जलमेहर श्रेष्ठले गीतसंगीतमार्पmत मनोरञ्जन प्रदान गरेका थिए ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2