MENU

प्रधानमन्त्रीको प्रतिक्रिया-'सबै समस्या समाधानको जिम्मा कांग्रेसको हो'

रासस बिहीबार, मंसिर २१, २०७४ 589 पटक पढिएको

Share This

635-X-85_1

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन्। गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने दावी गरे। 

'अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि कांग्रेसको हो', उनले भने। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्।

प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन्। मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन्। 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2