MENU

गगन थापालाई लक्षित गरी बम पड्काउने विप्लवका कार्यकर्ता पक्राउ

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 4218 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उपत्यकामा बम विस्फोट गराउँदै हिड्ने समूहका मुख्य योजनाकार रवी गोलेसहित विप्लवका ६ कार्यकर्तालाई पक्राउ गरेको हो।

गोले ललितपुरबाट पक्राउ परेका हुन्। पछिल्लो पटक बुढानिलकण्ठको चपलीमा कांग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि गोलेकै समूहले बम विस्फोट गराएको प्रहरी स्रोतको दाबी छ।

उनको साथबाट चाइनिज पेस्तोल र बम बनाउन प्रयोग हुने सामाग्री बरामद भएको प्रहरीले बताएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2