MENU

काठमाडौंका मेयर शाक्यमाथि आक्रमणको प्रयास

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 2537 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि आक्रमणको प्रयास भएको छ। काठमाडौं क्षेत्र नम्बर ९ का कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरिक रञ्जितले मेयर शाक्यमाथि आक्रमणको प्रयास गरेका हुन्।

काठमाडौँ महानगरपालिका वडा नम्बर २१ को लगनटोल नजिक युरिकले मेयरमाथि आक्रमणको प्रयास गरेको मेयर शाक्यले जानकारी दिए। मेयर शाक्य मतदातासँग कुराकानी गरिरहेका बेला युरिकले एक्कासी आक्रमणको प्रयास गरेका थिए।

‘सुरक्षाकर्मीको सतर्कताले मलाई केही भएन’, मेयर शाक्यले भने, ‘मलाई युरिकसहित केही व्यक्तिले आक्रमणको प्रयास गरेका थिए।’ २१ वडाका वडाध्यक्ष उदयचुडामणि बज्राचार्यलाई पनि उनले हातपातको प्रयास गरेका थिए।

नेविसंघका केन्द्रीय सदस्य मनिष थापाले भने काठमाडौंका मेयर शाक्यले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरामाथि हातपात गरेको बताए। थापाले उल्टै हातपात गरेर शाक्यले आफूमाथि आक्रमणको प्रयास भएको भन्दै प्रचार गरेको आरोप लगाए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2