MENU

पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 1939 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान भएको ३२ जिल्लाको मतगणना सुरु भएको छ।

बिहीबार साँझ ५ बजेदेखि अधिकांश जिल्लाको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनको मतदान सकिएलगत्तै पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको मतगणना सुरु भएको हो। सिन्धुपाल्चोक, हुम्ला, ताप्लेजुङ,पाँचथर, बैतडी, मनाङ, मुस्ताङ, बाजुरा लगायतका जिल्लामा मतगणना सुरु भएको छ।  यस्तै रुकुम पूर्व र रुकुम पश्चिमका दुबै जिल्लामा मतगणना सुरु भएको छ।

आयोगले मतगणनाका लागि मतपेटिका तयारी अवस्थामा राखेको थियो। मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2