MENU

मेगाले बाँड्यो शैक्षिक सामाग्री

patan-college

अन्नपूर्ण शुक्रवार, पुस १४, २०७४ 649 पटक पढिएको

Share This

635-x-85

सिन्धुपाल्चोक : नेपाल मेगा कलेज, काठमाडौंका विद्यार्थीले सिन्धुपाल्चोकमा पुगेर शैक्षिक सामाग्री बाँडेका छन्। शुक्रबार सिन्धुपाल्चोकको यमुनाडाँडा स्थित श्री बेत्रावती निमाविका विद्यार्थीलाई मेगा कलेजले कापी कलम बाँडेको हो।

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ५३ विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो। कार्यक्रममा मेगा कलेजका सामाजिक कार्य विभाग प्रमुख सबिन लमिछानेले विद्यार्थीहलाई थोरै मात्र भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुले अनपेक्षित सहयोग पाएको भन्दै दातालाई धन्यवाद समेत व्यक्त गरे। नेपाल मेगा कलेजले यस अघि पनि यमुनाडाँडामा ‘दशैंमा पेट भरी’ कार्यक्रम सञ्चालन गर्दै त्यस भेगका मिजार, तामाङ र अन्य समुदायका विद्यार्थीलाई खाद्यान्न एवम् लत्ता कपडा वितरण गरेको थियो।

दुवै कार्यक्रम नेपाल मेगा कलेजका बिएस डब्लु अध्ययनरत विद्यार्थीको अगुवाइमा भएको थियो। उक्त कार्यक्रमको आयोजना भने मेगा कलेज, नेपाल मेगा कलेज सामाजिक कार्य विभाग एवम् कलेजमा सक्रिय दुई विद्यार्थी क्लब विद्यार्थी काउन्सिल र लियो क्लव मेगा कलेज च्याप्टर ले संयुक्त रुपमा गरेको हो।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2