MENU

माछालाई थप्पड हान्दै गरेको कछुवा देख्नु भएको छ ?

patan-college

अन्नपूर्ण शनिवार, पुस १५, २०७४ 2853 पटक पढिएको

Share This

635-x-85

जेन्सी : कमेडी वाइल्डलाइफ २०१७ प्रतियोगितामा रुखको हाँगामा चढ्न कोशिश गर्दै गरेको उल्लुको तस्विरले पहिलो पुरस्कार जितेको छ ।

यसलाई यो वर्षकै प्रकृतिको सबैभन्दा चाखलाग्दो तस्बिरका रुपमा हेरिएको छ । कमेडी वाइल्डलाइफ २०१७ प्रतियोगिता तीन वर्षदेखि चलिरहेको छ । यसको उद्धेश्य भनेको प्रकृतिप्रति मानिसमा जागरुकता बढाउनु रहेको छ ।

बिबिसीका अनुसार यस साल यो प्रतिस्पर्धामा ३५ सय मानिसले भाग लिएका थिए । यसमा सहभागी भएका केही चाख लाग्दा तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

यस प्रतियोगितामा उपाधि जितेको तस्बिरमा रुखको हाँगाबाट चिप्लिएको उल्लु फेरि फर्किन कोशि गरिररहेको छ । जसलाई टिबोर कर्जले हंगेरीमा खिचेका हुन् । उनले पुरस्कारसँगै केन्याको भ्रमणको मौका पनि पाएका छन् ।

'अन द ल्यान्ड' वर्गको पुरस्कार जितेको एन्ड्रिया जामपट्टीको यस तस्विरमा एक डोरमाउस यसरी हाँसिरहेको छ, उसलाई कसैले कुतिकुति लगाए जस्तो ।

यो कछुवा यति धेरै हतारमा छ कि आफू भन्दा ठुलो माछालाई धक्का दिएर अघि बढ्न यसलाई कुनै अफ्ठेरो लागेन । कछुवाको हात र माछाको अनुहार हेर्दा लाग्छ यसले माछालाई जोडले थप्पड दिएको छ। ट्राय मेनको यो तस्विर 'अन्डर द सी' वर्गमा उत्कृष्ट भयो ।

'अप इन द एयर' वर्गमा जोन थ्रेलफलको यो तस्विर विजेता घोषित भयो । यसमा चराको पुच्छरमा जो धुवाँ जस्तो निस्किएको छ, खासमा पछाडि उडिरहेको हवाईजहाजका कारण यस्तो भएको हो ।

धेरैले प्रशंसा गरेको यस तस्विरमा पोलर बियरको बच्चा उसको पीठमा सवार हुने कोशिश गर्दैछ । यस तस्विरलाई डेजी गिलारडिनीले क्यानडामा खिचेका हुन् ।

पेनी पामर यो तस्विर तब खिचे जब समुद्री वट्टर जिउ तन्काइरहेको थियो । यो तस्विर क्यालिफोर्नियामा लिइएको हो ।

यी सबै पेन्ग्विन चर्चमा जान तयार छन् । कार्ल हेनरीले यो तस्विर दक्षिण एटलान्टिक द्वीपमा लिएका थिए ।

ओलिभियर कोलले बेल्जियममा लिइएको यस तस्विरमा खरायोको मुख घाँसले भरिएको छ।

यस्तो लाग्छ यी बाँदर मोटरसाइकलबाट कुनै यात्रामा निस्कन लागेका छन् । पछाडि बसेको बाँदर खुशी भएको देखेरै यो कुराको पुष्टि हुन्छ । केटी लावेक फोस्टरले यस तस्‍बिरलाई इन्डोनेसियाको सुलावेसी द्वीपमा खिचेका हुन् ।

यो सिललाई अर्को सिलले के भनिदियो र, अर्को सिल यति हैरान हुन पुग्यो । जर्ज क्याथकार्टको यस तस्विरलाई प्रतियोगिताका क्रममा धेरै प्रशं‌सा मिल्यो । यसलाई क्यालि़फोर्नियाको स्यान सिमोनमा खिचिएको हो ।

दुई भ्यागुताको यो तस्वीर डेनियल ट्रिमले थाइल्यान्डमा लिएका हुन् । यो फोटोमा यिनीहरु युगल गीत गाइरहेको जस्ता देखिन्छन् ।

यस फ्याउरोलाई दिसा गर्नका लागि गल्फ कोर्सको दुलो नै मिल्यो । डगलस क्रोफ्टको यो तस्विर अमेरिकाको स्यान ओजेमा लिइएको हो ।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2