MENU

रेनो एक्सपिरियन्स मेला सुरु

patan-college

अन्नपूर्ण बिहीबार, पुस २०, २०७४ 377 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : नेपालमा रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल प्रालि (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीका लागि आइतबारदेखि पुस २२ गतेसम्म नेपाल अधिराज्यभर रेनो एक्सपिरियन्स मेला आरम्भ गरेको छ।

‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्निभलमा पुराना कारका प्रयोगकर्ताले रेनोका नयाँ कारसँग एक्सचेन्ज गर्न सक्नेछन्।

रेनोको क्विड, डस्टर र लजी मोडलमा एक्सचेन्ज उपलब्ध छ। अभियानले ग्राहकलाई एक लाखबराबरको एक्सचेन्ज बोनस अफर, दुई वर्षसम्मका लागि फ्री सर्भिसिङ, एक वर्षका लागि बिमा, निःशुल्क एसेसरिज, एक आर्थिक वर्षका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मूल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुटलगायत सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

रेनो एक्सपिरियन्सले एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारबारे जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने विश्वास कम्पनीको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2