MENU

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

patan-college

देवचन्द्र भट्ट बिहीबार, पुस २०, २०७४ 1163 पटक पढिएको

Share This

635-x-85

नुवाकोट : अप्टिकल फाइवरमा समस्या आएपछि नुवाकोट र रसुवामा नेपाल टेलिफोनको सम्पूर्ण सेवा दुई दिनदेखि ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि त्यस क्षेत्रका लाखौं उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् ।

धादिङको गल्छीबाट नुवाकोट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा बुधबार दिउँसो दुई बजेदेखि टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा समस्या आएको हो । पोखराबाट बिहीबार आएका प्राविधिकले प्रयास मर्मत गरिरहेको टेलिकम नुवाकोटका प्रमुख श्यामकान्त चौधरीले बताए ।

चौधरीका अनुसार अप्टिकल फाइबर विस्तार र मर्मतको जिम्मेवारी निजी कम्पनीलाई दिइएकाले प्राविधिक पोखराबाट आउन ढिलाइ भएको हो । नुवाकोट र रसुवाका तीन लाख सेवाग्राही मर्कामा परेको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितले बताए ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2