MENU

त्रिभुवन र लब्ली विश्वविद्यालयबीच सम्झौता

patan-college

अन्नपूर्ण बिहीबार, पुस २०, २०७४ 727 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : देशकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय र लब्ली प्राफेसनल विश्वविद्यालयबीच चार वर्ष पहिले भएको सम्झौता पुनः नविकरण भएको छ । दुई विश्वविद्यालय बीच विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो । 

नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई विश्वविद्यालय बीच शैक्षिक अनुसन्धान, विद्यार्थी र संकाय एवम प्रविधि रुपान्तरण को आदान प्रदान हुनेछ ।

सम्झौता नविकरण गर्न शिक्षादक्ष डा. सुधा त्रिपाठी, कार्यकारी निर्देशकहरु अन्तराष्ट्रिय सम्बन्ध तथा योजना निर्देशनालयका तर्फबाट प्रा.डा. भुपप्रसाद धमला र प्रा.डा. रिदिशकुमार पोखरेल मानविकी तथा सामाजिक विज्ञान संकायका डिन प्रा.डा. राजकुमार पोखरेल एवम प्रशासकिय अधिकृत विनोद डंगोलको संयुक्त टोली लब्ली प्रोफेसनल विश्वविद्यालय गएको थियो ।

नेपालबाट गएको प्रतिनिधि मण्डलले लब्ली प्रोफेसनल विश्वविद्यालयका कुलपती चान्स्लर श्री अशोक मित्तल, उपकुलपती रश्मी मित्तल, डा. रमेश कवर, अन्तराष्ट्रिय कार्य विभागका निर्देशक अमन मित्तल लगायतसँग छलफल गरी सम्झौताको अन्तिम रुप दिइएको हो ।

त्रिभुवन विश्वविद्यालयकातर्फबाट शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी र लब्ली प्रोफेसनल विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. मोनिका गुलातीले सम्झौता नविकरण पत्रमा हस्ताक्षर गरेका थिए ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2