MENU

प्रेमिकालार्इ छलेर फ्यानसँग रोमान्स

patan-college

अन्नपूर्ण शुक्रवार, पुस २१, २०७४ 2045 पटक पढिएको

Share This

635-x-85

इङ्लिस राष्ट्रिय टोलीका विंगर जेसे लिन्गार्ड यस साता बेलायती सञ्चारमाध्यममा खुबै छाए। गत डिसेम्बर १० मा उनको टोली म्यानचेस्टर युनाइटेडले छिमेकी क्लब म्यानचेस्टर सिटीसँग डर्बी म्याच खेलेको थियो, इङ्लिस प्रिमियर लिगमा। सो खेलमा लिन्गार्डको टोली म्यान युनाइटेड म्यान सिटीसँग २-१ गोलले पराजित भएको थियो। सोही खेलको रात उनले आफ्नी अमेरिकी प्रेमिका जेना फ्रुम्मलाई छलेर फ्यान लियोनी बोरेकसँग बिताएका थिए।

बेलायती पत्रिका ‘द सन’ले बोरेकसँगको अन्तर्वार्तासहितको समाचार सार्वजनिक गरेपछि लिन्गार्ड यतिखेर समस्यामा छन्। बोरेकले ‘द सन’सँगको अन्तर्वार्तामा लिन्गार्डले आफूलाई प्रयोग मात्रै गरेको अनुभव भएको बताएकी छन्।

लिन्गार्ड र बोरेकको भेट सामाजिक सञ्जालमा भएको थियो। एक नानीकी आमा ३२ वर्षीया बोरेक म्यान युनाइटेडकी र लिन्गार्डको फ्यान हुन्। सामाजिक सञ्जालमै कुरा भएपछि लिन्गार्डले बोरेकलाई म्यान सिटीसँगको खेलको रात म्यानचेस्टर सहरको आफ्नो घर आउन निम्तो दिएका थिए। बारेकलाई घरसम्म ल्याउन उनले आफ्नै एक साथीलाई भनेका थिए।

लिन्गार्ड घर पुगिसकेका थिए। बोरेक पनि पुगिन्। बोरेकले अन्तर्वार्तामा भनेकी छन्, ‘मैले सोचेकी थिएँ, लिन्गार्ड मुडमा होलान्। तर, त्यहाँको दृश्य देख्दा अचम्मित भएँ।’

लिन्गार्डले आफूसँग लामो समय बिताउन नचाहेकाले आफूलाई ‘सेक्स’का लागि प्रयोग मात्रै गरेको महसुस भएको बोरेकले बताएकी छन्।

बोरेकका अनुसार लिन्गार्ड पिजा र केही पिउँदै थिए। उनी ट्रेनिङ किटमै थिए। उनीसँगै थिए, म्यानचेस्टर युनाइटेडका मार्कस रासफोर्ड र अन्य एकजना साथी। त्यसपछि पनि लिन्गार्ड साथीसँगै रमाइरहे। खाजा सकिएपछि उनीहरूले टेलिभिजनमा फुटबल खेल हेरे। अनि, कार्ड पनि खेले।

अबेर राति रासफोर्ड र अर्का खेलाडी त्यहाँबाट बाहिरिएपछि मात्रै लिन्गार्डले बोरेकलाई आफ्नो बेडतर्फ लिएर गए। बोरेकले अन्तर्वार्तामा भनेअनुसार त्यसपछिको समय उनले सोचेजस्तै भयो। बिहान भएपछि लिन्गार्डले उनलाई आफ्नो हस्ताक्षरसहितको एक जोर बुट पनि उपहार दिए। उनी नियमित अभ्यासका लागि निस्कनुअघि फेरि ती साथीलाई बोरेकको घरसम्म छाड्न अनुरोध गरे।

लिन्गार्डले आफूसँग लामो समय बिताउन नचाहेकाले आफुलाई ‘सेक्स’का लागि प्रयोग मात्रै गरेको महसुस भएको बोरेकले बताएकी छन्। बोरेकले लिन्गार्डको जर्सी लगाएको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

त्यसको पाँच दिनपछि लिन्गार्डले आफ्नी प्रेमिका जेनासँग जन्मदिन मनाएका थिए। जेना प्रेमी लिन्गार्डको जन्मदिन मनाउन लस एन्जलसदेखि ५२ सय माइल टाढाको म्यानचेस्टर सहर पुगेकी थिइन्। उनीहरू दुवैले जन्मदिन मनाएको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। यद्यपि, त्यसको १० दिनपछि लिन्गार्डले प्रेमिका जेनालाई धोका दिएको समाचार सार्वजनिक भएपछि उनीहरूबीचको सम्बन्धमा खटपट देखिएको ‘द सन’ले लेखेको छ। २५ वर्षीय लिन्गार्ड र २४ वर्षीया जेना पछिल्ला एक वर्षयता सम्बन्धमा छन्।
- एजेन्सी

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2