MENU

जापानी खाना चम्काउँदै मोमोटारो

patan-college

- कृष्णराज सर्वहारी शुक्रवार, पुस २१, २०७४ 1280 पटक पढिएको

Share This

635-x-85

काठमाडौंमा जनसंख्याको चापसँगै होटेल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ। ठूला चेन होटेलदेखि साना रेस्टुरेन्ट धमाधम खुलिरहेका छन्। तर, खानाको गुणस्तरमा कमैको ध्यान पुग्छ। ठमेलमा १९ वर्ष पहिले मोमोटारो रेस्टुरेन्ट खोलेका थिए छिंगटपुर, दाङ देउखुरीका पुरन चौधरीले। यसबीचमा मोमोटारोले आफ्नो चारवटा शाखा विस्तार गरेको छ। जसमा ठमेलको अलावा काठमाडौं, सुन्धाराको सिभिल मल, ललितपुरको सानेपा, पोखराको हल्लनचोकमा मोमोटारो रेस्टुरेन्ट खुलेको छ। चितवनको सौराहामा पनि शाखा खोलिएकोमा हाल बन्द गरिएको छ।

मोमोटारो रेस्टुरेन्टको पहिचान भनेको जापानिज, चाइनिज तथा थारू परिकार हो। यसका साथै नेपाली खानाको परिकार पनि पाइन्छ। मोमोटारोमा पाइला टेक्नु भयो भने त्यहाँ सुरुमा जौको चियाले स्वागत गरिन्छ। उदोंग (नुडल्सझैं परिकार), रामेन (थुक्पाझैं परिकार), याकितोरी (सेकुवाझैं परिकार) सुसी र डोम्बुरी (चिकेन या प्राउन मि िश्रत भात) जापानीले मन पराउँछन्। फलामको कराहीमा बंगुर या कुखुराको मासु पकाइने र सो भाँडासहित बफाउँदै ग्राहकको अगाडि टक्र्याइने सुकियाकी परिकार नेपाली ग्राहकले पनि निकै मन पराउँछन्। जापानी परिकार बनाउने सामग्री प्रायः जापानबाटै मगाइन्छ।

puran

४७ वर्षीय युवा व्यवसायी पुरन चौधरीलाई यहाँसम्म आइपुग्दा धेरै पसिना बगाएका छन्। आठ वर्षको कलिलो उमेरमै उनी छिरेका थिए काठमाडौं। यहाँ आएर धेरै संघर्ष गरे। कामको सिलसिलामा उनी एकदिन जापानी नागरिक हिडेगो तामागावाको सम्पर्कमा आए। पुरनको मेहनत, लगनशीलता तथा मिलनसार व्यवहारबाट ती जापानी निकै प्रभावित भई खुसी भएर जापान घुमाउन लैजाने प्रस्ताव गरे। उनलाई पनि मौका पाएपछि छोड्न मन लागेन। २०५३ सालमा उनी जापान गए। त्यहाँ तीन महिनाको बसाइमा जापानिज परिकार बनाउने तालिम लिने अवसर पाए। जापानी भाषा पनि सिके। उनको जापान बसाइँ नै जीवनको टर्निङ प्वाइन्ट भइदियो। उनलाई जीवनको नयाँ बाटो देखाउने हिडेगो तामागावाको ९० वर्षको उमेरमा सात वर्ष पहिल्यै निधन भइसकेको छ। तामागावाको परिवारसँग भने उनी अहिले पनि सम्पर्कमा छन्।

मोमोटारोमा पाइला टेक्नुभयो भने त्यहाँ सुरुमा जौको चियाले स्वागत गरिन्छ। उदोंग, रामेन, याकितोरी, सुसी, डोम्बुरी, सुकियाकीलगायत जापानी खाना यहाँका मुख्य परिकार हुन्।

पुरन चौधरीले जापानमा बस्ने बेला नै नेपालमा आफ्नै रेस्टुरेन्ट व्यवसाय गर्ने सोच बनाइसकेका थिए। त्यही सोचाइअनुसार काठमाडौं आएर थोरै लगानीमा सन् १९९९ मा ठमेलमा रेस्टुरेन्ट खोले। मोमोटारोको नामले जापनिज रेस्टुरेन्टको रूपमा यसले चाँडै नै चिनारी बनायो।

पुरन आफ्नो रेस्टुरेन्टमा हाल ५५ भन्दा बढी आफ्नै समुदायका थारू युवालाई रोजगारी दिएका छन्। उनी अहिले पनि बिहानै ७ बजेदेखि राति १० बजेसम्म काममा खटिन्छन्। भान्सामा पसेर खाना बनाउने तरिका सिकाउँछन्। उनको पदचिन्हलाई पछ्याउँदै छोरा रविन पनि होटेल म्यानेजमेन्ट नै पढ्दैछन्। उनले दुबईमा भर्खरै एकवर्षे इन्टर्नसिप सकाएर आएका छन्। छोरी रिंकु अस्टे«लियामा म्यानेजमेन्ट पढ्दैछिन्।

काठमाडौंमा घरको सपना

कुनै पनि पेसा, व्यवसायमा लाग्दा आफ्नो निजी सवारी र घर जोड्ने प्रायःको सपना हुन्छ। उनी आफ्नो आम्दानीबाट कार त चढिराखेकै छन्, गोंगबु, महादेवटारमा घर पनि ठड्याएका छन्। ठमेलको शाखाको रेस्टुरेन्टको म्यानेजर उनको भाइ कान्छु चौधरीले पनि टोखा जाने बाटोमा ग्रान्डी भिल्ला नजिकै घर बनाएका छन्। आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनी भन्छन्- ‘सायद म कुनै जागिरे हुन्थेँ भने यति चाँडै गाडी, बंगला जोड्न सक्दिनथिएँ होला। पचासौं जनालाई जागिर दिनु त टाढाको कुरा।’

janpani-khana

मोमोटारो जापानी शब्द हो। यसको अर्थ थारू लोककथामा हिटवा नामक पात्रझैं दुःख पाएको पात्र हो। ग्वाला रहेको हिटवाले १२ वर्षसम्म दरबारमा राजुकमारीसँग मोज गर्छ। १२ वर्षपछि राजकुमारी, दरबारको शानसौकतसहित अलप हुन्छिन्। हिटवाको जिन्दगी पुनः ग्वाला अवस्थामै फर्किन्छ। तर, पुरनले १९ वर्ष दुःख गरेको मोमोटारोले उनलाई अहिले सुख दिएको छ। यसको शाखा खुल्ने क्रम जारी छ। रेस्टुराँ व्यवसायीमात्र नभएर एउटा समाजसेवीका रूपमा पनि चिनिन्छन् उनी।

उनी आफ्नो रेस्टुरेन्टमा आएका ग्राहकलाई भगवान्को रूपमा मान्छन्। ग्राहकले दिएका सुझाव सल्लाहअनुसार कमी, कमजोरी सुधार्छन्। आफ्नो पेसामा इमानदार र लगनशील भएर तन, मन, धन दिएर काममा लागियो भने सफलता दूर छैन भन्ने उनको गुरुमन्त्र छ। विदेशमा विद्यार्थी भिसामा गएर कमाउने लोभ गर्दा पढाइमा पनि उन्नति नभएर फ्रस्टेड भएको धेरै युवा देखेका छन् उनले। विद्यार्थी भिसामा कमाइ पनि केही नहुने अवस्थामा हराउनुभन्दा युवाहरूलाई सफल बन्न केही न केही सीप सिक्नुपर्ने सुझाव दिन्छन् उनी।

मोमोटारो रेस्टुरेन्टको व्यवस्थापनमा तीनमहिने जापानिज कुकिङ ट्रेनिङ पनि चलाए उनले। तालिमपछि धेरै प्रशिक्षार्थीले काम पनि पाएका छन्। उनको काकाको चार भाइ छोराहरूले पनि उनीसँगै तालिम लिएर पोखराको लेकसाइडमा पाँच वर्षपहिले फुजी रेस्टुरेन्ट खोलेका छन्।

मोमोटारो सफलताको सिँढी चढ्नुमा उनको एउटा नारा छ- ‘मोमोटारोः नो उधारो।’

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2