MENU

बाजेको सेकुवा अब न्युयोर्कमा

patan-college

अन्नपूर्ण शुक्रवार, पुस २१, २०७४ 1870 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : नेपालको लोकप्रिय एफ.एण्ड.बि. ब्राण्ड बाजेको सेकुवा अब चाँडै नै अमेरिकाको न्युयोर्क शहरमा खुल्ने भएको छ। बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

उक्त व्यवसायिक समूहमा दीपक भण्डारी, पदम गुरुङ्ग, सुरेन्द्र रायमाझी,केदार प्रसाद श्रेष्ठ, मेहेश बहादुर भट्टराई र गणेश लम्साल लगायत आवद्ध छन्। नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तराष्ट्रिय स्तरमा यो पहिलो शाखा हुनेछ। आउँदो ६ वर्ष भित्र अमेरिकामा थप ७ वटा शाखा खोल्ने अध्यक्ष भण्डारीले जानकारी दिए। बाजेको सेकुवाले अमेरिका बाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि आफ्नो शाखा विस्तार गर्ने उद्धेश्य राखेको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2