MENU

भिसा नलागेपछि साम्राज्ञी बिचल्लीमा

patan-college

सम्‍पूर्ण आइतवार, पुस २३, २०७४ 2748 पटक पढिएको

Share This

635-x-85

 काठमाडौं : ‘ब्याड लक’ले साम्राज्ञी राज्यलक्ष्मी शाहलाई छाडेको छैन। उनी अभिनीत फिल्म कुनै न कुनै लफडामा फसेकै छन्। यसको पछिल्लो शिकार बनेको छ, ‘इन्टु मिन्टु लन्डन’। बेलायतमा सुटिङ हुनुपर्ने फिल्म, साम्राज्ञीले भिसा नपाएपछि बिचल्लीमा परेको छ। निर्माण टिमले नयाँ वर्षको मौका पारेर फेरि साम्राज्ञीलाई बेलायत लैजान चाहेको थियो, तर अध्यागमनले भिसा नै दिएन।

दशैँअघि पनि साम्राज्ञीले भिसा पाएकी थिइनन्। बजार हल्लाअनुसार यो ‘सेड्युल’मा निर्माण टिमले नयाँ वर्षको ‘फायर क्र्याकर’ खिच्न चाहेको थियो र अप्रिलमा बाँकी फिल्म। तर, दोस्रो पटक पनि भिसा नदिएपछि फिल्मको भविष्य नै अन्योलमा परेको छ।

तर, बेलायतको भिसाको चक्करमा आर्यन सिग्देलको ‘कायरा’ पनि फसेको छ। नत्र भने यो फिल्म पनि डिसेम्बरमै नयाँ वर्षसमेत खिच्ने गरी सुटिङका लागि मनिला जाने तयारीमा थियो। एक त प्रेमी मयंक खड्का, यतिबेला देजाभू काण्डमा जेलमा छन्। अर्कोतिर भिसाको लफडा। यस्तो आपत् कसैलाई नपरोस् !

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2