MENU

जेसीबीका तीन नयाँ एस्काभेटर नेपालमा

patan-college

अन्नपूर्ण सोमवार, पुस २४, २०७४ 772 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ। एमएडब्लू अर्थमुभर्सले तीन टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको हो।

नयाँ प्रोडक्ट लाइनअपसँगै, जेसीबीले आफूलाई पूर्ण निर्माण उपकरण साझेदारका रूपमा स्थापित गरेको छ। नेपालका तीनवटै तहका निर्वाचन सम्पन्न भएसँगै भौतिक पूर्वाधार निर्माणले गति पाउन थालेको परिप्रेक्षमा एस्काभेटरका नयाँ मोडेल नेपाल ल्याइएका हुन्। ‘लामो समयदेखि रोकिएको विकास निर्माणको काम अब सञ्चालन हुनेछ। विभिन्न प्रकारका निर्माणका लागि आवश्यक विभिन्न निर्माण सामग्रीको माग भएकाले हामीले नयाँ एस्काभेटर नेपाली बजारमा ल्याएका हौं।' राजधानीमा आयोजित जेसीबी कन्क्वेस्ट इभेन्टमा एमएडब्लू अर्थमुभर्स प्रालिका सेल्स एन्ड मार्केटिङ हेड दीपकराज गिरीले भने, ‘अब हामीसँग एस्काभेटरको कम्प्लिट रेन्ज उपलब्ध छ।'

नेपाली बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस२०५, जेसीबी २२० एलसी एक्स्ट्रा पहिलेदेखि नै उपलब्ध छन्। नयाँ उत्पादनसँगै अब जेसीबीसँग फरक फरक प्रकृतिका कामका लागि ३, ८, १४, २०, २२, ३० र ३८ टनका गरी सात प्रकारका एस्काभेटर उपलब्ध छन्। ‘परियोजनाको आकार ठूलो हुन थालेपछि निर्माण व्यवसायीको नजरमा ठूला क्षमताका मेसिन पर्न थालेका छन्। यस्ता मेसिनले उत्पादकत्व बढाउनुका साथै इन्धनको खपतसमेत घटाउँछ। यी दुवै जेसीबीका मेसिनका विशेषता हुन्', गिरीले भने। एमएडब्लू अर्थमुभर्सले केही समयअघि मात्र २० प्रतिशत डाउनपेमेन्ट अफर ल्याएको थियो जुन नेपालमै पहिलोपटक थियो। एनसीसी बैंक लिमिटेडसँगको सहकार्यमा सुरु भएको यो योजनामा एमएडब्लूले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ग्राहकलाई जेसीबी ब्रान्डका कुनै पनि मेसिन उपलब्ध गराउँदै आएको छ।

नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ। ब्याकहो र एस्काभेटरबाहेक नेपाली बजारमा जेसीबीका रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल, रोबोट र जेनसेट उपलब्ध छन्। इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिन लोकप्रिय छन्। पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बलियो छ। देशभर १२ स्थानमा ‘थ्री एस' सुविधासहितको शाखा, चारवटा आधिकारिक बिक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा तत्पर छन्। जेसीबीले बिक्रीपछिको सेवालाई जोड दिएर नै नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको कम्पनीको दाबी छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2