MENU

सगुनको नयाँ एप सार्वजनिक

patan-college

आशा थपलिया बुधवार, पुस २६, २०७४ 946 पटक पढिएको

Share This

635-x-85

नयाँ दिल्ली : सामाजिक सञ्जाल सगुनले नयाँ एप सार्वजनिक गरेको छ । सोसल स्टार्टअपको रुपमा सुरु साइट एन्ड्रोइड मोबाइल एप्लिकेसन (एप) एक कार्यक्रमबीच दिल्लीमा लन्च गरिएको हो । 

बलिउड अभिनेत्री श्रद्धा कपुरले एपको बटन थिचेर उद्घाटन गरिन् । सगुनका संस्थापक नेपाली मूलका अमेरिकी नागरिक गोविन्द गिरी अमेरिकाबाट सुरु अवधारणालाई दक्षिण एशियामा लोकप्रिय बनाउन भारतलाई रोजिएको बताउँदै भने, ‘अहिले प्रयोगमा आइसकेका सामाजिक प्लेटफर्मले प्रयोकर्ताको आवश्यकता पुरा गर्न नसकेको हुँदा सगुन बजारमा ल्याएका हौं । यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सामाजिक संजालसँग जोड्दै आम्दानी गर्ने अवसर समेत प्रदान गर्नेछ ।’

शेयर, अर्न स्लोगन समेत राखेको सगुनले प्रयोगकर्तालाई भविष्यमा मुनाफा आर्जन भए लाभांस समेत दिने बताएको छ । आगामी तीन वर्षमा विश्वको उत्कृष्ट कम्पनी बन्ने लक्ष्य अनुरुप काम गरिरहेको बताउँदै गिरीले विभिन्न संघसंस्थासँग सहकार्य गरिरहेको समेत बताए ।

बलिउड अभिनेत्री श्रद्धा कपुरले दुनियाँमा रहेका आफन्त, साथीभाइसँग सहज रुपमा जोडिनकालागि सगुन सजिलो माध्यम रहेको बताइन् । उनले सगुनमा लगानी गर्ने विचार समेत उनले व्यक्त गरिन् ।

अमेरिकी बजारमा मिनि आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले मोबाइल पारखीहरुलाई लक्षित गरेर गुगल प्ले स्टोर मार्फत एप सार्वजानिक गरेको हो ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2