MENU

ओपो एसियाली बजारकै उत्कृष्ट विक्रेता

patan-college

अन्नपूर्ण बुधवार, पुस २६, २०७४ 672 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : विश्व बजारको अग्रणी प्राविधिक ब्राण्ड ओपोले एसियामा १५ प्रतिशत बजार ओगट्दै शीर्ष स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो ।

ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा छ भने, १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थानमा छन् । त्यसैगरी ११ प्रतिशत बजार हिस्सा सहित हुआवे चौथो स्थानमा रहेको प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘एसिया हाम्रो एक मुख्य बजारको रुपमा रहँदै आएको छ । हामीले यहाँका उपभोक्ताको माग तथा आवश्यकता उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ ।’ ओपोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न सफल हुनु हाम्रा लागि वास्तवमै गौरबको विषय हो । समय सापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहुउपयोगी उत्पादन उपलब्ध गराउँदै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’

उच्च गुणस्तरिय उत्पादनका साथै उपभोक्ताका मागलाई विशेष प्राथमिकताको विषयका रुपमा सम्बोधन गर्नु ओपोको सफलताको प्रमुख कारण हो ।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2