MENU

जुना प्रसाईंले ल्याइन्, ‘तारा बाजी लै लै’ (भिडियो)

patan-college

अन्नपूर्ण बिहीबार, पुस २७, २०७४ 432 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : गायिका जुना प्रसाईंले आफ्नो नयाँ गीत ‘तारा बाजी लै लै’ सार्वजनिक गरेकी छिन्। आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवनको सजीव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा देख्न सकिन्छ।

बिहीबार गायिका जुनाले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन्। गीत लोक आधुनिकको मिक्स फ्युजन भएका कारण सबैको मन छुने विश्वास उनको छ।

‘नदेखेको भए हुन्थ्यो तिमीलाई’ गीतबाट चर्चामा आएकी गायिका प्रसाईंले पप, आधुनिक र पूर्वेली लोक गरेर दर्जनौ गीतमा श्वर दिएकी छिन्।

बिहीबार सार्वजनिक गीत ताराबाजी लै लैमा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माका शब्दमा स्वयम् शर्माले नै संगीत भरेका छन्।

युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ। निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन्। गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2