MENU

१३ वर्षीय केल्भिनले बनाए ड्रोन

patan-college

लोकनाथ रिजाल बिहीबार, पुस २७, २०७४ 1599 पटक पढिएको

Share This

635-x-85

दमक: झापाको दमक–८ का १३ वर्षीय केल्भीन संग्रौलाले आकाशमा उड्ने ड्रोन निर्माण गरेका छन् । आधा दर्जन भन्दा बढी उपकरण निर्माण गरिसकेका संग्रौलाले तीन महिना लगाएर दुई किलोसम्म वजन बोकेर एक किलोमिटर भन्दा माथि उड्न सक्ने ड्रोन निर्माण गरेका हुन् ।

तीन पटकको प्रयास पछि बनाइएको ड्रोनमा अडिनो युयनो (माईक्रो कन्ट्रोलर), ब्रसलेस मोटर, प्रोपेलर, काउन्टर क्लक वाईज, क्लक वाईज, इएससी (ईलेक्ट्रोनिक स्पिड क्नट्रोलर), जाईरो सेन्सर लगायतका उपकरण जडान गरिएको संग्रौलाले बताए ।

ड्रोन निर्माण गर्न २५ हजार रुपैयामा लागेको उनका बुवा मोहन संग्रौलाले बताए । हाल सम्म केलिभनले सिम्पल वल्क रोर्बट, वायर रिर्मोट कन्ट्रोलर कार, ब्लु तुथ कन्ट्रोलर कार, अवरोध हटाउने रोर्बट, लाईन फलो रोबर्ट निर्माण गरेको उनको भनाइ छ ।

केल्भिनका बुवाका अनुसार ड्रोन निर्माण गर्न तीन महिना लागेको थियो । उनले भने– ‘यो प्रोजेक्ट थाले देखी उ राम्ररी सुतेको छैन, राम्ररी खाएको पनि छैन । जब प्रोजेक्ट सकियो उसको खुुसीको सीमा नै थिएन ।’ केल्भीन हाल राजधानीको अक्षरा स्कुल काँडाघारीमा कक्षा ७ मा अध्ययनरत छन् । उनले भविश्यमा वैज्ञानिक बन्ने लक्ष्य लिएको बताए ।

उनले ड्रोन निर्माण आफ्नै प्रयासबाट भएको बताए । ‘मैले युट्युब हेरेर निर्माण गरेको हुँ । प्रोग्रामिङ देखि अन्य सबै कुरा युट्युबबाटै सिकेको हुँ ।’ उनले भने ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2