MENU

पेरिस जलवायु सम्झौतामा अमेरिका फर्कन सक्ने

patan-college

एजेन्सी शुक्रवार, पुस २८, २०७४ 276 पटक पढिएको

Share This

635-x-85

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पेरिस जलवायु सम्झौतामा पुनः सहभागी हुन सक्ने बताएका छन्। ट्रम्पले भने, ‘मलाई पेरिस सम्झौतामा सहभागी हुन कुनै अप्ठेरो छैन। पूर्वराष्ट्रपति बाराक ओबामाले त्यतिखेर निकै खराब सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।’ ओबामाले राष्ट्रिय हितमा नभएका सम्झौता पनि गरेकाले आफूले त्यसको विरोध गरेको उनले स्पष्ट पारे।

पेरिस जलवायु सम्झौतामा पुनः सहभागी हुन सक्ने ट्रम्पले संकेत गरे। गत वर्ष जुनमा ट्रम्पले ग्लोबल वार्मिङका लागि महत्वपूर्ण कारक ठहराइएका कार्बनडाइअक्साइड उत्सर्जन गर्नमा रोक लगाउन सन् २०१५ मा भएको सम्झौताबाट फिर्ता हुने घोषणा गरेका थिए। नर्वेका प्रधानमन्त्रीसँगको भेटमा उनले आफूलाई पर्यावरण पक्षधरका रूपमा प्रस्तुत गरे। ट्रम्पले भने, ‘पर्यावरणका बारेमा म निकै गम्भीर र चिन्तित छु। हामी स्वच्छ जल, वायु चाहन्छौं।’

अमेरिकी राष्ट्रपति ट्रम्पले पेरिस सम्झौतामा भारत, रूस र चीन जस्ता देशको आलोचना गरेका थिए। पेरिस सम्झौताअन्तर्गत अमेरिकाले खरबौं डलर सहयोग गर्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उलने रूस, भारत र चीन जस्ता प्रदूषणका कारक मुलुकले भने केही सहयोग नगर्ने भन्दै उनले टिप्पणी गरेका थिए।

जलवायु परिवर्तन प्रभावबारे अनुसन्धान गरिने

क्यानबेरा : अस्ट्रेलियाली वैज्ञानिकहरूले हालैका दिनमा देखा परिरहेको जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएका छन्। पछिल्लो समयमा अस्ट्रेलियामा वातावरणीय असन्तुलन देखिएको छ। जसका कारण यहाँ तापक्रममा अस्वभाविक र निकै लामो समयपछि वृद्धि भएको छ। हालै सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो। यसलाई यहाँको करिब ८० वर्षपछिकै सबैभन्दा बढी तापक्रमका रूपमा देखाइएको थियो। यस अस्वभाविक तापक्रमलाई यहाँका अधिकारीले जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गरेका थिए। त्यसैले यस विषयमा अनुसन्धान शुरु गरिएको हो। अस्ट्रेलियाली दक्षिणी समुद्रमा उनीहरूले यस्तो अनुसन्धान थाल्ने भएका हुन्। समुद्रको गहिराइसम्म पुगेर गरिने यस्तो अनुसन्धानका लागि उनीहरुले रोबोटको प्रयोग गर्ने तयारी गरिरहेका छन्। अस्ट्रेलियाको कमलनवेल्थ वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्थाका तर्फबाट वैज्ञानिकहरूको एउटा समूहले यस्तो अनुसन्धान शुरु गरेको ती अधिकारीले जानकारी दिएका छन्। यस समुद्रमा ३ देखि ५ हजार मिटरसम्म गहिराइमा पुगेर अनुसन्धान गरिने छ र यसका लागि रोबोटको प्रयोग गरिनेछ। गहिराइसम्म पुगेर अहिलेसम्म यस्तो खालको अनुसन्धान हुन नसकेकोमा पहिलोपटक यो अनुसन्धान शुरु गर्न लागेको जानकारी उक्त संस्थाले दिएको छ।

उक्त अनुसन्धान टोलीका एकजना प्रमुख वैज्ञानिक स्टीभ रिन्टाउलले भने, ‘हामीले यस्तो अनुसन्धान पहिलोपटक गर्न लागेका छौँ र उक्त समुद्रको दक्षिण गोलार्धले ताप वहन गर्न सक्ने क्षमता र कार्बनडाइअक्साइडको अवस्थितिको बारेमा तथ्य पत्ता लगाउनेछौँ।’ विश्वको तापक्रम विशेषगरी समुद्रका कारण बढी प्रभावित हुन पुगेको छ र यस अनुसन्धानले जलवायु परिवर्तनको अहिलेको अवस्था र आगामी पुस्ताको लागि यसले पार्नसक्ने क्षमताको बारेमा नयाँ तथ्य पत्ता लाग्ने बताइएको छ। विश्वमा पछिल्ला केही वर्षमा विश्वव्यापी उष्णता बढ्दो छ। यसको कारण जलवायु परिवर्तन रहेको वैज्ञानिकको धारणा छ।

बाढीको खतरा बढ्दो

जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले चेतावनी पिदएका छन्। जर्मनीमा भएको अनुसन्धानले अमेरिका, भारत तथा अफ्रिकाका केही भाग, इन्डोनेसिया र मध्य युरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन्। विश्वभर नदीमा आउने बाढीका कारण ठूलो विपत्ति हुनेगरेको छ। वलवायु परिवर्तन तथा यसका कारण सिर्जना भएको विश्वव्यापी उष्णतालाई नियन्त्रणमा राख्ने पहल नभएमा बढी तथा अन्य प्राकृतिक प्रकोपको भयावह अबका केही दशकमा थप विकराल हुने देखिएको छ।

प्रविधिमा आधारित भएर जलवायुको प्रभावबारे अनुसन्धान गर्ने जर्मन संस्था, पोस्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले एसियामा बाढीका कारण यहाँको जनसंख्याको करिब १० प्रतिशत प्रभावित हुने गरेकोमा आगामी सन् २०४० सम्म वार्षिक १५ करोड ६० लाख मानिस हुने प्रक्षेपण गरेको छ। बिहीबार सार्वजनिक भएको अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्वव्यापी पहल हुँदाहुँदै पनि बाढीको प्रकोपमा वृद्धि हुने खतरा कायमै रहेको बताइएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2