MENU

आईसीसी डिभिजन दुर्इको तयारी : अपूर्ण ‘कोचिङ स्टाफ’

patan-college

दीपेन्द्र गुरुङ शुक्रवार, पुस २८, २०७४ 788 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोली अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीमा छ। डिभिजन दुई नेपालका लागि पुनः डिभिजन एकमा फर्कने माध्यम मात्रै होइन, सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा फर्कने अन्तिम अवसर पनि हो।

यसै महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन नसकेपछि नेपालले डिभिजन एकमै रहने र विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान बनाउने दुवै अवसर गुमाएको थियो। यति बेला नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको डिभिजन दुईको तयारीमा नेपाली टोलीले केही अभाव महसुस गरेको छ। घरेलु क्रिकेटको प्रशासनिक निकाय नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहेको अवस्थामा नेपाली क्रिकेटले भोग्नु परेको समस्या त थुप्रै छन् तर, टीट्वेन्टी विश्वकप र डिभिजन एकसमेत खेलिसकेको नेपाली टोलीले डिभिजन दुई प्रतियोगिताको तयारीमा बेहोरेको यो समस्या भने केही अस्वाभाविक छ।

बिहीबारको ट्रेनिङ सेसनमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई फिल्डिङ अभ्यासका लागि प्रदीप लामाले सहयोग गर्दै थिए। प्रदीप खेलाडीलाई होटलदेखि मैदान र फेरि होटलसम्म गाडीमा ल्याउने÷फर्काउने जिम्मेवारी पाएका कर्मचारी हुन्। स्कोरर सुरज शाक्यले पनि अभ्यसमा रहेका खेलाडीलाई ब्याटिङका लागि केही समय बल फालेर सहयोग गरे। भारतबाट आएका फिजिकल ट्रेनरले खेलाडीको अभ्यासमा अम्पायरको भूमिका निर्वाह गरिदिए। यी तीनैजनाले खेलाडीलाई अभ्यासका लागि सहयोग गरे पनि उनीहरू त्यो जिम्मेवारीका लागि असम्बन्धित व्यक्ति हुन्।

नेपाली टोलीसँग पूर्ण ‘टे«निङ स्टाफ’ नहुँदा खेलाडीको तयारीका लागि उनीहरूले पनि सहयोग गर्नुपर्ने बाध्यता आएको छ। कुनै पनि टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि पूर्ण कोचिङ स्टाफको सहयोग रहन्छ। नेपाली टोलीसँग भने मुख्य प्रशिक्षक जगत टमाटा र फिजिकिल ट्रेनरबाहेक अन्य कोचिङ स्टाफ छैनन्। सहायक प्रशिक्षक वा ब्याटिङ र बलिङ प्रशिक्षक पनि छैनन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक टमाटा पूर्ण कोचिङ स्टाफ नहुँदा समस्या बेहोर्नु परेको बताउँछन्। ‘हामीले सहायक प्रशिक्षक र अन्य कोचिङ स्टाफ पनि चाहियो भनेका छौं’, प्रशिक्षक टमाटा भन्छन्, ‘तर, त्यो हाम्रो हातमा छैन। आईसीसीले सधंै बजेट धेरै भयो भन्छ। त्यसैले हामीले मागेको सहायक प्रशिक्षकमा ब्याटिङ कन्सल्टेन्ट प्रशिक्षक दिने भनेका छन्। त्यसको तयारी हुँदैछ। आन्तरिक तयारीका लागि हामीले महेश रिजाललाई भनेका छौं। उहाँ एक÷दुई दिनपछि आउनुहुन्छ।’

डिभिजन दुईमा नेपालका प्रतिद्वन्द्वीहरूले महिना दिन अघिबाटै पूर्ण तयारी सुरु गर्दा नेपालको तयारी भने त्यसको तुलनामा निकै कमजोर देखिएको छ।

मंगलबारबाट बिहीबारसम्म फिजिकल फिटनेस र स्किलमा ध्यान दिएको नेपाली टोलीले शुक्रबार एक दिन आराम गर्नेछ। त्यसपछि शनिबारबाट म्याच प्राक्टिस सुरु गर्ने जानकारी प्रशिक्षक टमाटाले दिए।

मोन्टी देसाई नआउने

डिभिजन दुईको तयारीका लागि नेपाली टोलीको कन्सल्ट्यान्ट (परामर्श) ब्याटिङ प्रशिक्षकका रूपमा आउने भनिएका भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाल नआउने भएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्सका पूर्वप्रशिक्षकसमेत रहेका देसाई नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा नेपाल आउने बताइएको थियो।

यद्यपि आईसीसीले नेपालका लागि ब्याटिङ परामर्श प्रशिक्षक नियुक्त गर्न पठाएको तीनजनाको नाममा भारतीय प्रशिक्षकमा देसाईको नाम भने छैन। आईसीसीले पठाएको नाममा मुम्बईका उमेश पटुवाल, हैदराबादका अभिजित चटर्जी र मुम्बईका सुरक्षण कुलकर्नी रहेका छन्। यी तीनमध्ये नेपाली टोलीले छानेको एक प्रशिक्षकलाई आईसीसीले डिभिजन दुई प्रतियोगितासम्मका लागि नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गर्नेछ। कन्सल्ट्यान्ट प्रशिक्षक छान्नेबारे प्रशिक्षक टमाटा र नेपाली टोलीका कप्तान पारस खड्काले बिहीबार छलफल गरेका थिए।

आईसीसीको अनुमोदन कुर्दै नेपाली टोली

डिभिजन दुई प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने योजनामा रहेको नेपाली टोली त्यसका लागि आईसीसीको अनुमोदन कुरिरहेको छ। नेपाली टोलीले डिभिजन दुई प्रतियोगिता खेल्न नामिबिया जानुअघि दक्षिण अफ्रिका वा दुबईमा अभ्यास गर्ने प्रस्तावसहित आईसीसीमा इमेल पठाएको छ। यद्यपि आईसीसीले यस सम्बन्धमा कुनै जवाफ पठाएको छैन। स्रोतका अनुसार नेपाली टोली दुबई जाने सम्भावना बढी छ। नामिबियाका लागि दक्षिण अफ्रिकामा तयारी गर्नु उपयुक्त रहे पनि त्यो सम्भावना न्यून देखिन्छ।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2