MENU

‘माग्नेबूढा’ लाई १० लाख

patan-college

अन्नपूर्ण शुक्रवार, पुस २८, २०७४ 1287 पटक पढिएको

Share This

635-x-85

काठमाडौं :नाम माग्ने भएर के गर्नु ? खप्परमा लेखेर ल्याएपछि ‘माग्नेबूढा’ अर्थात् केदार घिमिरे एउटै फिल्मबाट लखपति भएका छन् । नायिका तथा निर्मात्री पूजा शर्माको आगामी अनटाइटल भेन्चरका लागि माग्नेबूढालाई केही सर्तसहित १० लाख रुपैयाँमा अनुबन्धित गरिएको छ ।

सुदर्शन थापाको निर्देशनमा बन्ने यो फिल्ममा केदारको मुख्य भूमिका हुनेछ । टेलिभिजनमा धुर्मुससँग छुट्टिएपछि दीपक–दीपाको टिममा लागेर चलचित्रमा अभिनय गर्न थालेका केदारले पूजाको फिल्ममा पाएको पारि श्रमिकबाट डेढ लाख रुपैयाँ कर तिर्ने सहमतिमा १० लाख पारि श्रमिक लिएका हुन् । उनले यो फिल्म रिलिज हुनुभन्दा पहिले दीपा–दीपकको ‘छक्का पञ्जा ३’ बाहेक अन्य फिल्ममा काम गर्न नपाउने सहमति पनि भएको छ । एक महिनापछि यो फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

फिल्ममा पूजा र केदारका साथमा विल्सनविक्रम राई ‘तक्मेबूढो’, रवीन्द्र झालगायतको पनि अभिनय रहनेछ । केदारले फिल्मको कथा चित्त बुझेकाले काम गर्न तयार भएको जानकारी दिए । ‘कलाको कुनै मूल्य हुँदैन, कलाकारको पारि श्रमिक बढ्दै जानु भनेको समग्र चलचित्र उद्योग नै माथि जानु हो । त्यसैले १० लाखे केदारलाई बधाई, छक्का पञ्जा टिम हाईहाई..।

यतिखेर छक्का पञ्जा–२ मा आफैंले बोलेको संवाद याद आयो, जोक्कर त भनिहालेऊ तर याद राख ५२ पत्ती तासमा जोक्कर एउटै हुन्छ र विशेष हुन्छ’, माग्नेबूढा यो चलचित्रमा अनुबन्धित भएपछि उनका सहकर्मी ‘मुन्द्रे’ अर्थात् जितु नेपालले प्रतिक्रिया व्यक्त गरेका छन् ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2