MENU

एन्जिला र संगीतालाई ताज

patan-college

अन्नपूर्ण शुक्रवार, पुस २८, २०७४ 138 पटक पढिएको

Share This

635-x-85

मिस र मिसेज मिसेस ब्युटिफुल

काठमाडौं : राजधानीमा आयोजित अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिस ब्युटिफुल र मिसेस ब्युटिफुल नेपाल– २०१८ मा क्रमशः एन्जिला कार्की र संगीता न्यौपानेले ताज पहिरिएका छन् ।दक्ष इन्टेरनेसनलले एकसाथ आयोजना गरेको प्रतियोगितामा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि थिए । मिस ब्युटिफुल नेपाल– २०१८ तर्फ ३० प्रतिस्पर्धीमध्ये मनीषा देव फस्ट रनरअप र मिस कन्जिनिलियाटी, अस्मिता श्रेष्ठ सेकेन्ड र सिर्जना दाहाल थर्ड रनरअप भए ।

त्यसैगरी पवित्रा घर्ती मगर मोस्ट पपुलर, तेन्जिङ लामा मिस क्याटवाक, प्रतिज्ञा भण्डारी बेस्ट डान्स, रोशनीकुमारी रावल बेस्ट सिंगर, अस्मिता श्रेष्ठ बेस्ट आईक्यू, पुष्पा सापकोटा बेस्ट स्किन, विजेना चौहान ब्युटी विथ प्रपोज, बिनु तामाङ सोसल रेस्पोन्सिबल, समीक्षा श्रेष्ठ बेस्ट हेयर, मिनाक्षी देव फेसबुक च्वाइस, अरुणा कम्बान्ज मोस्ट डिसिप्लेन, एन्जिला कार्की मस्ट फ्रेन्डली, बेञ्जु थापा बेस्ट स्पिच, प्रतिज्ञा भण्डारी मिस फोटोजेनिक, लक्ष्मी केसी बेस्ट स्माइल, अरुणा कार्की मिस फेसन आइकन, निशा थापा बेस्ट पर्सनालिटी, सिर्जना दाहाल मोस्ट चार्मिङ, रेविका बराइली बेस्ट फिटनेस, समीक्षा श्रेष्ठ मिस ट्यालेन्ट, पवित्रा घर्तीमगर मोस्ट एक्टिभ र कल्पना तामाङ मोस्ट आइकनिक आइज भए ।

अश्विनी झाको कोरियोग्राफी र बबिता बज्राचार्यको इभेन्ट म्यानेजमेन्टमा सम्पन्न विवाहितहरूको सौन्दर्य प्रतियोगिता मिसेस ब्युटिफुल नेपाल २०१८ मा प्रमुख उपाधि विजेता संगीता न्यौपाने बेस्ट पर्सनालिटी र मिसेस ट्यालेन्ट, सरिता सिंह कायस्थ फस्ट रनरअप र बेस्ट फिटनेस, पूजा कुँवर थापा सेकेन्ड रनरअप र मिसेस कन्जिनियालिटी भएका छन् । प्रतियोगितामा दीना वज्राचार्य मिसेस ¥याम्प वाक, अनु लामा बेस्ट हेयर, सविना गहतराज मिसेस फोटोजेनिक र बेस्ट फिजिक, कोपिला रसाइली सिंह बेस्ट स्माइल, अञ्जु कार्की बेस्ट स्किन, लीलावती जोशी श्रेष्ठ बेस्ट आर्टवर्क र आरती महर्जन भ्युवर्स च्वाइस भएका छन् ।

नायिका सञ्चिता लुइँटेल, अभिनेता गजित विष्ट, गायक सीताराम पोखरेल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष तथा समाजसेवी डा. श्याम खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी र नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा निर्णायक रहेको कार्यक्रममा निरु खड्का, यमन श्रेष्ठ, कमला रेग्मी, महादेव त्रिपाठी, रमेश श्रेष्ठ सिमान्त सन्तोष, धु्रव विस्को, प्रदीप कसपाललगायतका कलाकारले विभिन्न प्रस्तुति दिएका थिए ।हास्य कलाकार किरण केसीलाई दक्ष कला अवार्डबाट सम्मानित गरिएको कार्यक्रममा इभेन्ट मेनेजर निशुकान्त झालाई दक्ष इभेन्ट म्यानेजमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2