MENU

इस्लिङटनले सुरु गर्यो रोजगारसहितको एमबीए

patan-college

अन्नपूर्ण शुक्रवार, पुस २८, २०७४ 349 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : कमलपोखरीस्थित इस्लिङटन कलेजले एमबीएको पढाइ सुरु गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर एमबीएको पढाइबारे जानकारी गराएको हो। कलेजले चीन र थाइल्याण्डमासमेत अतिरिक्त समय अध्ययनको व्यवस्थासहित दुई वर्षे एमबीए कोर्ष सुरु गरेको हो। बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि एमबीए सुरु गर्दै छ।

यो कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनैपनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुनेछ। अनुसन्धानमा आधारित दुई वर्षीय कोर्ष अन्तर्गत नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सूक्ष्म अध्ययन गर्ने यो कोर्षको विशेषता हो।

व्यापारसँग सूक्ष्म अध्ययन गर्ने उदेश्यसहित नयाँ विषयको सुरुवात गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले बताए। ‘नेपालको बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालको व्यावसाय संचालन गर्न सहजताको लागि नया कोर्षको शुरुवात गरेका हाँै’, पत्रकार सम्मेलनमा उनले भने।

देश र विदेशको सम्पूर्ण व्यावसायीक विषयको अध्ययन अनुसन्धान गर्न सुरु गरिएको एमबीए नेपालमा पहिलो हो। म्यानेजेरियल लेभलमा दुई वर्ष रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी संचालन गर्न लागिएको यो विषय विश्व प्रसिद्ध चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्याण्ड चेम्बर अफ कमर्शसंग सहकार्य गरिएको छ।

पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसँगै चिनिया भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ। भाषासँगै अलिवावा डट कमका विज्ञ र त्यससँग सम्बन्धीत विज्ञसँग तालिमको व्यवस्था गरिएको छ। नेपाल र विश्वको आयात र निर्यातको अवस्था कस्तो छ, नेपालको बजार विस्तारका लागि अन्य मुलुकसँग कसरी सम्भव छ लगायतका अनुशन्धानात्मक विषय सिक्ने चाहना यो कोर्षले पुरा गर्छ। चाइनामा अध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्षमा छ। व्यापारमा फड्को मारिसकेको थाइल्याण्डको चेम्बरसँग विश्वकै व्यापारको विषयमा अध्ययन गर्ने अवसर मिल्नेछ। एकेडेमिक पेपर, विजनेस प्रपोजल, थेसिस बुझाउनुपर्दा अनुसन्धनात्मक विषयलाई केन्द्रित गरिएको हुन्छ।

दुई वर्षको कोर्ष पूरा गरिसकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि विदेश जाने भन्ने विषय छनोट गर्ने अधिकार विद्यार्थीलाईनै हुन्छ। ‘दुई वर्ष लामो म्यानेजेरियल लेभलको रोजगारी गरेका विद्यार्थीलाई छनोट गरी अध्ययन गर्ने अवसर दिने भएकाले यो विषयको स्कोप विश्वमानै बढेर जाने अपेक्षा हामीले गरेका छौँ’ बुढाथोकीले भने।

अनुसन्धाना आधारित विषय भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययन गर्ने अवसर पाउनेछन। यो कोर्ष अध्ययन गर्न ५ लाख ५० हजार र चीन र थाइल्याण्डमा अतिरिक्त कोर्ष अध्ययन गर्न करिब ८ लाख ५० हजार रुपैंयाँ लाग्नेछ।

२२ वर्ष अघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएको इस्लिङटन कलेजले स्थापनाकालदेखि हालसम्म करिब ३ हजार विद्यार्थीले नेपाल लगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेका छन्। सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले सुचना प्रविधि र व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको अध्यापन गराइरहेको छ।

हाल ककलेजमा बीबीए अन्तर्गत सूचना प्रविधिको तीन वर्षीय कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्ड आइटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजी अन्तर्गत संचालन भइरहेको छ। व्यवस्थापन अन्तर्गत चार वर्षे बीबीएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ विषयमा अध्ययन गर्न व्यवस्था छ। इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलव ६ प्रतिशतले रोजगार हासिल गरिरहेको कलेजको दाबी छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2