MENU

महिनावारी हुँदा नदी तर्न प्रतिबन्ध : छात्राहरु विद्यालय जानै पाएनन्

patan-college

अन्नपूर्ण शुक्रवार, पुस २८, २०७४ 447 पटक पढिएको

Share This

635-x-85

एजेन्सी : घानामा महिनावारी हुँदा युवती र महिलाले एउटा नदी तर्न पाउँदैनन्। स्थानीय यो प्रतिबन्धले विद्यालय जाने छात्राहरु प्रभावित भएको बिबिसीले जनाएको छ।

महिनावारी भएकै कारण छात्राहरु विद्यालय जान पाउने अधिकारबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले त्यसको विरोध गरेका छन्। महिनावारी हुँदा समेत नदी तरेर विद्यालय जान पाउनुपर्ने माग अधिकारकर्मीको छ।

यो नियमबाट माथिल्लो डेन्कयिरा जिल्लाका छात्रा बढी प्रभावित छन्। महिनावारी भएकै कारण १० बालिका मध्ये एकजना विद्यालयमा अनुपस्थित हुने संयुक्त राष्ट्रसंघीय संस्था युनेस्को तथ्यांकको तथ्यांकमा उल्लेख छ। उता विश्व बैंकको तथ्यांकमा घानाका अधिकांश महिला सरसफाइ र सचेतनामा कमजोर भएको उल्लेख छ।

युनिसेफकी राजूत समिमा मुस्लिम अलासनले बालिकाहरु हिंसामा परेको भन्दै प्रश्न गरिन्, ‘के भगवान साँच्चिकै बलवान छन् ?’

घानाका केन्द्रीय मन्त्री क्वामेना डनकनले आफू मातहतका कार्यालयमा समस्या समाधानको लागि पहल गर्ने बताएका छन्। घानाका धेरै क्षेत्र संस्कृति बन्धनले जकडिएको बताइन्छ। महिनावारी भएकै कारण छात्रा नदी तरेर विद्यालय जान नपाएको घटनाले भने संसारभर चर्चा पाएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2