MENU

कुस्तीमा बारा र कन्चनपुरलाई तीन–तीन स्वर्ण

patan-college

कृष्ण सारु मगर शुक्रवार, पुस २८, २०७४ 192 पटक पढिएको

Share This

635-x-85

हेटौंडा: हेटौंडामा शुक्रबार सम्पन्न १३ औं राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा कञ्चनपुर र बाराले तीन–तीन स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसीप अन्र्तगत १५ स्वर्ण पदकका लागि हेटौंडा–४ स्थित हुप्राचौरमा दुई दिन खेल भएको थियो ।


प्रतियोगितामा बाराले ५७, ७४ र ८६ केजी समूूहमा पुरुषतर्फ स्वर्ण पदक जितेको हो । कञ्चनपुरले ५३, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जितेको आयोजकले बताएको छ ।

त्यस्तै पर्साले ६५ र १२५ केजी, नेपाली सेनाले ६० केजी महिला तर्फको स्वर्णपदक जितेको छ । डडेलधुरा, कैलाली, बाँके, झापा र सुनसरीले एक–एक स्वर्ण बाँडेका छन् ।

१ सय २५ केजी तौल समूहमा पर्साका राज यादवले स्वर्ण प्राप्त गरे । ९७ केजी तौल समूहमा बाँकेका रमेश गोतामेले स्वर्ण हात पारे । ८६ केजी तौल समूहमा बाराका बुन्नीलाल राउत, ७४ केजी तौल समूहमा बाराकै मुख्तार आलम, ७० केजी तौल समूहमा कञ्चनपुरका सुरेश चुनाराले स्वर्ण जिते ।

प्रतियोगितामा महिलातर्फ ६९ केजी तौल समूहमा झापाकी सदीक्षा राई र ४५ केजी तौलमा सुनसरीका आशा कुमारी खत्वे प्रतिस्पर्धी नहुँदा एक्लो सहभागि हुँदै विजेता बने ।

६५ केजी तौल समूहमा पर्साका सरोज यादव, ६३ केजी तौल समूहमा नेपाली सेनाकी सुशीला चन्द, त्यस्तै ६१ केजी तौल समूहमा कैलालीका सन्तोष एसके र ६० केजी तौल समूहमा नेपाली सेनाकी कविता पुनले प्रथम हुँदै स्वर्ण जिते ।

५८ केजी तौल समूहमा कञ्चनपुरकी संगीता धामी, ५७ केजी तौल समूहमा बाराका रामबाबु यादव, ५३ केजी तौल समूहमा कञ्चनपुरकी माया लोहार र ४८ केजी तौल समूहमा डडेल्धुराकी शिवानी देवु विजेता बने ।

प्रतियोगितामा विजयी खेलाडीलाई तीन नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोगबहादुर थापा र नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणाले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कुस्ती प्रतियोगिताको समापन कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी नरेश गिरी र मोदन यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कुस्ती खेलका राष्ट्रिय मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत, महासचिव विद्यासागर पोखरेलको उपस्थिति रहेको थियो । हेटौंडामा पहिलो पटक भएको कुस्ती प्रतियोगिता हेर्न दशर्कहरुको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2