MENU

रेसादार खानेकुरा नखाए बर्बाद

patan-college

देरेक बेरेस शनिवार, पुस २९, २०७४ 1917 पटक पढिएको

Share This

635-x-85

 

नेटफ्लिक्स डकुमेन्टरी शृंखलाको ‘रोटन’ ले खाना र हाम्रो सम्बन्धजस्तो महत्वपूर्ण विषयमा कुरा उठाएको छ । पहिलो शृंखलाले माहुरीको ‘कोलोनी कोल्याप्स’ (माहुरीको जनसंख्यामा कर्मी माहुरी नास हुने पछिल्लो प्रवृत्ति) तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले मह भन्दै महभन्दा अरू नै पदार्थ क्यान र बोतलमा भरेर बेचेको विषयलाई जोड दिन्छ । दोस्रो शृंखलाले खाने कुराका कारण हुने गरेका एलर्जीहरूलाई उल्लेख गर्छ । यी दुई विषय फरक भए पनि दु्ई विषयवस्तुले नै कथालाई सँगै बुनेको छ । पहिलो, वातावरणका कारण हाम्रो स्वास्थ्यमा पार्ने असर ।

derekमान्छेहरू प्रकृतिबाट धेरै टाढिइसकेका छन् । त्यसो हुँदाहुँदै पनि हामी रहेको वातावरणबाट हामी नियमित प्रभावित छौं । विस्तारै नास हुँदै गरेका हाम्रा शरीर र त्योभन्दा धेरै मान्छेसँगको सम्पर्कमा आएकै कारण नास हुँदै गरेका प्राणी-वनस्पतिले हामी बस्ने ग्रहको लयबाट आश्रित अस्तित्व अलग हुँदै गरेको प्रस्ट हुन्छ ।

व्यापक हुँदै गरेको अल्मोन्ड (देशी बदाम) उद्योगका लागि पोलिनेटर (परागण) को आवश्यकता पर्छ । यही विषयले मह व्यवसायी र माहुरीलाई आज धेरै तनाव दिएको छ । कोलोनी कोल्याप्स अहिले अनियन्त्रित र आक्रामक रूपमा बढेको छ । यसो हुनुको मुख्य कारण यी घुमन्ते माहुरीहरूमा रोग लाग्नु नै हो । यो त एउटा मात्रै उदाहरण हो मान्छे-वनस्पती-प्राणीबीचको सम्बन्ध र यसमा मानव जातिको बेवास्ताको । अब परागसेचन छैन, मह छैन र अलमण्ड पनि छैन । धेरै कुरा छैन । पछिल्लो एक पुस्तामा मात्रै व्यापक रूपमा सुरु भएको खानासम्बन्धी एलर्जीले प्रकृतिको लयबाट मानव जाति कति टाढियो भन्ने बलियो उदाहरण पेस गर्छ । केही समयअघिसम्म मात्र हामी प्रकृतिमै फलाइएका वा त्यसबाट लिइएकाबाहेक अरू खाना खाँदैनथ्यौं । औद्योगिक मोनोकल्चर (खास क्षेत्रमा कुनै एउटा मात्रै अन्न, सागपात वा फलफूल उत्पादन गर्ने प्रचलन) खासगरी अचम्मसँग बढ्दो आठमध्ये एक वा सबै एलर्जीका लागि जिम्मेवार छ । यो एलर्जीको विषयले हामीलाई दोस्रो विषयवस्तुमा लैजानेछ : त्यो हो माइक्रोबायोमा (माइक्रोअर्गानिजम्) ।

भुँडीभित्र बस्ने ब्याक्टेरिया सम्भवतः हाम्रो सम्पूर्ण शरीरकै सबैभन्दा महत्वपूर्ण विषय हो । दिमागलाई शरीरको निर्देशक अंग मानिए पनि केही समय अघिमात्रै माइक्रोबायोमाका बारेमा प्राप्त सबै डेटाबारे आफ्नो जिज्ञासु आँखा उठाएका छन् । उक्त तथ्यअनुसार हाम्रो स्नायुतन्त्र र भुँडीको सम्बन्ध घनिष्ट रूपले हाम्रो स्वास्थ्यसँग जोडिएको छ । स्मरणीय छ भुँडीको आफ्नै स्नायुतन्त्र हुन्छ । हाम्रो माइक्रोबायोमाले वातावरणसँग सीधा प्रभाव राख्छ । विदेशी भूमिमा जाँदा स्यानिटाइजर (हातमा दलिने ब्याक्टेरिया मार्ने झोल) ले राम्रो काम गर्छ, तर नियमित रूपमा आफ्नै घर वा स्थानीय क्षेत्रमा बस्दा पनि सो स्यानिटाइजर प्रयोग गर्ने हो भनेचाहिँ त्यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई उल्टै कमजोर बनाउँछ । यसको अर्थ ः आफ्ना बच्चालाई धुलोमा खेल्न दिनुहोस् । आफू पनि धुलोमा खेल्नुहोस् । ती ब्याक्टेरियाले तपाईंलाई बलियो बनाउँछन् ।

त्यसो हुँदाहुँदै पनि ‘शुद्धता’ र खाना तथा वातावरणका बारेमा अजीवलाग्दा आविस्कारहरू गरिएका छन् । जुस र जुस बनाउने प्रक्रियाकै उदाहरण लिऊँ । यसमा एकदमै राम्रोसँग ‘सफा गर्ने’ (र नाफा गर्ने पनि ) प्रचलनको सुरुवात भएको छ । पाँच या दस दिनसम्म जुस पिएमा तपाईंको शरीर पूर्ण रूपमा ताजा हुन्छ भनिन्छ । तर तीतो सत्य के हो भने अहिलेको टिनका क्यान र प्लास्टिकमा भरिएका जुस र सफ्ट ड्रिंकमा केही पनि फरक छैन । किनभने फलफूलमा हुने सबैभन्दा फाइदाजनक भाग रेसालाई नै जुसबाट निकालिने गरिन्छ । स्थानीयस्तरमा तपाईंले खाने जुसमा त्यसै गर्ने प्रयास गरिन्छ । यस्तो जुसबाट कम फाइदा हुन्छ ।

अहिले टिनका क्यान र प्लास्टिकमा भरिएका जुस र सफ्ट ड्रिंकमा केही पनि फरक छैन । किनभने फलफूलमा हुने सबैभन्दा फाइदाजनक भाग रेसालाई नै जुसबाट निकालिने गरिन्छ ।

हामीले धेरै अघिदेखि थाहा पाएका छौं, शरीरभित्रका खाना र मललाई सहज रूपमा घचेड्नका लागि रेसा (फाइबर) महत्वपूर्ण छ । ‘रफेज’ का रूपमा समेत चिनिएको रेसाका खास दुई प्रकार छन् ः घुलनशील र अघुलनशील रेसा । दुवै रेसा सहज दिसाका लागि अति महत्वपूर्ण भूमिका खेल्छन् । धेरै रेसायुक्त खाना खाँदा अपानवायु (पाद) र पेट ढुस्स पनि हुन सक्छ । तर चिनी नै चिनी हालिएका र रेसा निकालिएका क्यान र बोतलयुक्त भोजन र पेयले हामीलाई कब्जियत हुन्छ । ठीक मात्रा मिलाएर फलफूल, सागसब्जी र अन्न खाने हो भने शरीरले पर्याप्त रेसा पाउँछ । रेसाले मुटुजन्य रोग, जोर्नीको दुखाइ र मधुमेहमा त सहयोग गर्छ नै, यसले मृत्युदर घटाउन पनि सहयोग गर्ने देखाएको छ । रेसादार भोजनको भूमिका खाना पचाउनमा अति महत्वपूर्ण छ ।

खाएको खाना इन्जाइमले टुक्र्याउँछ, आन्द्राले पोषणलाई सोस्छ । रेसाले सोस्न नसकेका मोलिक्युललाई बाहिर ल्याउन मद्दत गर्छ अथवा भुँडीका माइक्रोअर्गानिजम्का लागि ती मोलिक्युल नै खाना बन्न जान्छन् । ‘सेल होस्ट र माइक्रोब’ नामक अध्ययन प्रतिवेदनमा कम रेसा र धेरै चिल्लोयुक्त खाना खुवाइएको मुसाको अध्ययन गरिएको छ । धेरै चिल्लो र कम रेसादार खाना दिँदा मुसाको पेटका जीवाणु सखाप भयो, सोही कारण प्रतिरक्षा प्रणालीले प्रतिक्रियासमेत दियो । प्रतिवेदनमा प्रकाशित विवरणअनुसार कम रेसादार खाँदा हुने गलत प्रभाव धेरै छन् । माइक्रोअर्गानिजम्मा परेको असर त छँदैछ, मुसामा समेत तीव्र परिवर्तन भयो । मुसाको आन्द्रा नै सानो भयो । म्युकस-लेयर झनै पातलो भयो । त्यसकै परिणामस्वरूप इन्टेस्टाइनल वालनजिक जीवाणु पुग्यो र सोही अतिक्रमणका कारण प्रतिरक्षा प्रणालीले गलत प्रतिक्रिया दियो ।

यस्तो खालको खाद्य जारी राख्दा नियमित रूपमा लामो समयसम्म दुख्ने-पोल्ने-सुनिने हुन्छ । जस्तो कि मुसो मोटो भयो र रगतमा धेरै चिनी जम्मा गर्‍यो । तर रेसादार खाना खुवाउँदा भने उनीहरूको स्वास्थ्यमा नाटकीय सुधार भयो र आन्द्राको जीवाणुको संख्या पनि बढ्यो । अध्ययनकर्तामध्ये जर्जिया स्टेट विश्वविद्यालयका यान्द्रु टी गेवासले सबै जीवाणुका लागि रेसा नै मुख्य खाना हो भन्ने महसुस गरे । ‘डा. गेवासले भने- एकातर्फ रेसाले हामीलाई केही दिएर स्वास्थ्यको हित गरेको छ, परोक्ष रूपमा यो खानाको स्रोत पनि हो । खाद्यको रेसामा जीवाणुले एकपटक शक्ति उत्पादन गरेपछि उनीहरूले खानाको केही टुक्रा फ्याँक्छन् । त्यही खानाका टुक्रालाई परिवर्तनशील फ्याटटी एसिडका रूपमा आन्द्राका कोषले सोस्छन् र ऊर्जाको रूपमा प्रयोग गर्छन्’, न्युयोर्क टाइम्सका कार्ल जाइमर लेख्छन् ।

माइक्रोबायल प्रणालीमा जीवाणुको ‘शान्तिपूर्ण सहअस्तित्व’ कम-रेसा भएको खानामा वितरण हुन्छ । भोक लाग्छ । रेसामा आ िश्रत जीवाणु भोकै पर्छन् । तिनै जीवाणुमा आ िश्रतको हालत पनि त्यस्तै हुन्छ । कोलोनी कोल्याप्स हुन्छ । यसपछि लोप हुने होइन, उत्तेजना र तनाव हुन्छ । दुख्ने-पोल्ने-सुनिने कुराले संक्रमणसँग लड्न मद्दत गर्छ । तर यो नियमित रूपमा हुन थाल्यो भने यसले शरीरका अंगलाई हानि गर्छ । नियमित रूपमा दुख्ने-पोल्ने-सुनिने विषयले खानाबाट प्राप्त हुने क्यालोरीलाई समेत दक्खल दिन्छ । तागतको निम्ति त्यसलाई ‘बर्न’ (धुल्याउनु) को सट्टा क्यालोरीलाई फ्याटका रूपमा भण्डारण गर्छ,’ जाइमर लेख्छन् । रेसा मोटोपनासँग मात्र जुध्दैन । रोग प्रतिरक्षा प्रणालीमा हुने खराबीसँग पनि रेसा जुध्ने विश्वास गरिन्छ । ‘फाइबर सप्लिमेन्ट’ (पेटमा रेसा कम नहोस् भनेर दिइने वैकल्पिक रेसा) ले यस्तोमा काम गर्दैन । हाम्रा माइक्रोअर्गानिजम्हरूले अनेक प्रकार रेसायुक्त चीजहरू रुचाउने र ती चीज हाम्रै खेतबारी र बजारमा पाइने हुनाले अवस्था सहज छ ।

जीवनको प्रारम्भमा हाम्रो खानामा खासै रेसा पाउँदैनौं । आफ्नो किताब ‘क्याचिङ फाय’ मा बेलायती मानव-जीवसम्बन्धी विज्ञ रिचर्ड रङ्घाम् लेख्छन्- अन्य प्राइमेटका तुलनामा मान्छेको सानो आन्द्रा हुनुको मतलब ठूला किसिमका बाँदर जातिजतिको प्रभावकारी रूपमा हामी वनस्पतिको रेसा उपयोग गर्न सक्दैनौं । त्यसो हुँदा पकाइएका रेसादार खाना नै थप रेसा र पोषणका लागि हाम्रो महत्वपूर्ण स्रोत हो । त्यसका लागि हामीले रेसायुक्त खाद्य, फलफूल र सागपात भान्छामै ल्याउनैपर्छ । तर प्रोसेस गरिएका बोत्तले चिनी झोल, प्याकेटका बिस्कुट, चाउचाउ र सप्लिमेन्टयुक्त खाद्यले कुनै काम गर्दैन । हाम्रो माइक्रोबायमा (माइक्रोअर्गानिजम्) ले बाँच्नका लागि सदीयौंदेखि जे खाने बानी लागेका छ, त्यही रोज्छ । बीना ती चीजहरू पेटभित्रका असल जीवाणु नास हुन्छन् । त्यसले प्रणालीव्यापी विनास नै निम्त्याउँछ । रेसाविनाको खानाको मतलब हामीले वातावरणको अनादर गर्नु हो । वातावरणले त्यसमा अवश्य पनि कडा प्रतिक्रिया दिन्छ ।

(प्रिटिफिफ्टीटु.कमबाट अनूदित) 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2