MENU

प्रदूषणको विरोधमा राजमार्गमै र्‍याफ्टिङ

patan-college

मनीष दुवाडी शनिवार, पुस २९, २०७४ 464 पटक पढिएको

Share This

635-x-85

अतिक्रमणले त्रिशूली बाह्रै महिना धमिलो

 

मलेखु (धादिङ) : पृथ्वी राजमार्गस्थित धादिङको मलेखुबजारमा हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर एक हुल स्थानीय शुक्रबार खैंजडी बजाउँदैर्‍याफ्टिङ बोटसहित राजमार्गमा उत्रिए।खैंजडी भजन समूहका टोली नेता फलाक्दै थिए, ‘त्रिशूली गंगा, भएन चंगा, सधैं धमिलो ! नारायण, हरि हरि !’ सधैं त्रिशूली नदीमा बगिरहने राफ्टिङ डुंगाहरू एकाएक पृथ्वी राजमार्गमा देखिएपछि गाडीका यात्री अचम्म मानेर हेरिरहेका थिए।

बाह्रै महिना धमिलो हुने गरी प्रदूषण र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) को चपेटामा परिरहेको त्रिशूली नदी संरक्षण गर्न माग गर्दै मलेखुका स्थानीय रर्‍याफ्टिङ व्यवसायीले राजमार्गमै डुंगा चलाएका हुन्। पर्यटन व्यवसायी, होटल व्यवसायी, प्राकृतिक सम्पदा संरक्षण समितिका अभियन्तालगायतले त्रिशूलीको अतिक्रमण र प्रदूषण बन्द गराउन स्थानीय प्रशासनसँग माग गरे।

पर्यटन व्यवसायी विष्णु सिलवालले भने, ‘हिउँदयाम भनेको पर्यटकीय सिजन हो, यो समयमा सफा र कञ्चन पानी भएको खण्डमा दिनहुँ सयौंर्‍याफ्टिङ बोट चल्छन् तर नदी यति धमिलो हुन्छ कि असार–साउनको भेलमा पनि त्यति धमिलो हुँदैन। सफा राखौं, धमिलो नबनाऊँ भनेर धेरै ठाउँ धायौं तर सुनुवाइ नभएपछि विरोधस्वरुप राजमार्गमै डुंगा चलाएका हाँै।’

धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको त्रिशूली नदी संरक्षणका लागि कसैले चासो नदेखाएपछि खैंजडी भजनको साथमा सडकमैर्‍याफ्टिङ गराएर व्यंग्यात्मक विरोध गरिएको प्राकृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष श्रवण त्रिपाठीले बताए। ‘मर्दा पर्दा, धर्म गर्दा यही नदीको पानी चाहिन्छ, गोसाइँकुण्डबाट बगेर आएको पवित्र नदीलाई जोगाउनु सबैको कर्तव्य हो’, त्रिपाठीले भने, ‘तर यसको संरक्षणका लागि कसैले नसुनेपछि आन्दोलनमै उत्रिनुपरेको हो।’ स्थानीयले मलेखुको भद्रकाली बजारदेखि पेट्रोलपम्पसम्मर्‍याली गर्दै सडकमा डुंगा बोकेर विरोध जनाए।

‘त्रिशूली सफा राखौं, धमिलो नबनाऊँ भनेर धेरै ठाउँ धायौं तर सुनुवाइ नभएपछि विरोधस्वरुप राजमार्गमै डुंगा चलाएका हैाँ।’ -विष्णु सिलवाल, पर्यटन व्यवसायी

आसपासका बालुवा प्रशोधन केन्द्रहरूको अवैधानिक कार्यले त्रिशूली सधैं धमिलो हुने गरेको स्थानीय बताउँछन्। मापदण्डविपरीतका बालुवा प्रशोधन केन्द्रले स्थानीय प्रशासन र गाउँपालिकालाई पनि नटेरेको भन्दै स्थानीय पटक–पटक आन्दोलिन भइरहेका छन्। कुनै बेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्टर्‍याफ्टिङ गर्ने नदीको उपमा पाएको त्रिशूली नदी अहिले बाह्रै महिना धमिलो बग्छ। नुवाकोट र धादिङ जिल्लाका त्रिशुली नदी किनारमा अव्यवस्थित ढंगबाट खोलिएका बालुवा प्रशोधन केन्द्र (फिरफिरे) र ढुंगा तथा बालुवाखानीका कारण नदी प्रदूषित बन्ने क्रम बढेको छ।

मलेखुका स्थानीय एवं त्रिशूली बचाउ अभियानका सदस्य शिवप्रसाद पाण्डेले भने, ‘हामीले सबै उद्योगधन्दा बन्द गर भनेर आन्दोलन गरेका होइनौं, देशभर विकास–निर्माणको काम चलिरहेको छ, ढुंगा–गिट्टी र बालुवा पनि चाहिन्छ तर त्यसलाई वैधानिक तरिकाले मापदण्डमा रहेर चलाउनुप¥यो, नदी प्रदूषित पार्नु भएन।’ स्थानीयका मागलाई जनप्रतिनिधिले पनि बेवास्ता गरिरहेको गुनासो उनले गरे।

जथाभावी खुलेका फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सिधै नदीमा मिसिने गरेको छ। यी फिरफिरेको कनेक्सन ठुल्ठूला नेताहरूसँग भएकाले उनीहरूको ध्यान तान्नका लागि व्यंग्यात्मक आन्दोलन गरेको स्थानीय निर्मल थपलियाले बताए। ‘हामी पनि उद्योगधन्दा बन्द गर्नुपर्छ भन्नेमा छैनौं, हाम्रो माग भनेकै त्रिशूली नदीमाथिको अत्याचार बन्द गरौँ भन्ने हो’, उनले भने, ‘बालुवा धोएको पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउने, बजारआसपास र होटलबाट फोहोरमैला नदीमा नपठाउने हो भने पनि नदी स्वच्छ र सफा हुन्छ। यसतर्फ कसैले चासो नदेखाएकाले हामी आन्दोलित भएका हैाँ।’

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2