MENU

डोटीको तरकारीले बजार पाएन

patan-college

खगेन्द्रबहादुर सिंह शनिवार, पुस २९, २०७४ 182 पटक पढिएको

Share This

635-x-85

डोटी : डोटीका ग्रामीण भेगमा उत्पादन भएका कृषि उपजले बजार नपाउँदा सडकको छेउमा राखेर बिक्री गर्नुपर्ने बाध्यता छ। उत्पादन राम्रो भए पनि किसानले बजार पाउन सकेका छैनन्। डोटीको दक्षिण क्षेत्रका किसानले सुन्तला, अमिलो, कागती, अदुवा, मह, चुक, दाललगायत वस्तु उत्पादन गर्ने भए पनि उपयुक्त बजार नपाउँदा भीमदत्त राजमार्गका छेउछाउमा राखेर बेच्नुपर्ने बाध्यता छ। बोगटान, बडीकेदार र जोरायल गाउँपालिकाका किसानले व्यावसायिक कृषि उपजका सामग्री उत्पादन गर्ने भए पनि बजारीकरण भने हुन नसकेको हो।

यस क्षेत्रका किसान नजीकैको गैरा, बुडर बजार र कैलालीको सहजपुर बजारका सडक छेउमा राखेर बेच्ने गरेका छन्। ‘उत्पादन राम्रो हुने गरेको भए पनि बजारको अभावले समस्या भइरहेको छ', व्यापारी रामबहादुर बोहराले भने, ‘आफू पनि उत्पादन गर्छु र गाउँमा उत्पादन भएको वस्तु खरिद गरेर यसरी सडकमा बसेर बेच्नुपर्ने बाध्यता छ।'

‘विशेषगरी जिल्लाबाट बाहिर जाने यात्रुले किन्ने गरेका छन्', अर्का व्यापारी निर्मला बिष्टले भनिन्, ‘व्यवस्थित व्यापार नहुँदा दिउँसभरि सडकमा धुलो, धुँवा खानुपर्ने बाध्यता छ।' उनले भनिन्, ‘गाउँमा घुम्दै वस्तु जम्मा गरेर आफैले बोकेर ल्याउनुपर्ने बाध्यता छ, त्यसैमा पनि सही मूल्य नपाउँदा व्यापारमा खासै उपलब्धि हुँदैन।'

यस क्षेत्रमा अदुवा, सुन्तलालगायत ठूलो मात्रामा उत्पादन हुने गरे पनि बजार नहुँदा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता छ। त्यस्ता कृषि उपजका सामग्री छिमेकी देश भारतबाट व्यापारी गाउँमै आएर सस्तो मूल्यमा खरिद गरेर लैजाने गर्दछन्। जिल्ला कृषि विकास कार्यालय तथा कृषिमा काम गर्ने अन्य निकायको सहयोगमा केही वर्ष अगाडि बडीकेदार गाउँपालिकाको बागछेडामा कृषि उपजका सामग्री संकलन केन्द्र तथा चिस्यान घर बनेको भए पनि समुदायको कमजोरीका कारण पूयोग बिहीन अवस्थामा छन्।

यस क्षेत्रमा जिल्ला कृषि विकास कार्यालय तथा अन्य संस्थाले कृषकका लागि विभिन्न कार्यक्रम तथा योजना सञ्चालन गरिरहेका भए पनि प्रभावकारी हुन सकिरहेका छैनन्। 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2