MENU

चिसोले भेडा र घोडी व्यवसायमा सकस

patan-college

नन्दराम जैशी शनिवार, पुस २९, २०७४ 201 पटक पढिएको

Share This

635-x-85

जुम्ला : कर्णालीमा अत्यधिक चिसोका कारण भेडा र घोडी व्यवसायीलाई सकस भएको छ। चिसोका कारण कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लाका भेडा र घोडी र हजारौं व्यवसायीलाई सकस भएको हो।

अत्यधिक चिसोले पाटनमा रहेका भेडा र घोडी पनि अहिले बेसी झारिँदै छन्। जुम्लामा माइनस १ दशमलब ८ डिग्री सेल्सिएस पुगेको चिसोले जनजीवन कष्टकर मात्र होइन, पशुवस्तुलाई समेत असर परेको छ। पाटनमा चिसोले सताउँदा सुक्खा चरिचरण क्षेत्र पनि सकिँदै छ। भेडा र घोडी पाटनमा राख्दा चिसोले मर्ने त्रास छ। मुगु खमालेका भेडापालक किसान मानबहादुर बुढाले भने,‘तीन सयको संख्यामा रहेका भेडालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो।'

उनीजस्तै मुगुका अधिकांश भेडापालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ। लेकमा राखेका खसी, बाखा्रले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको कालिकोट जुविथाँका किसान बलबहादुर शाहीले बताए। कालिकोटका सबैजसो गाउँका किसानले लेकमा राखेका भेडा, बाखा्र, घोडा, घोडी चिसोले घरमा झारेका छन्।

चिसो छल्न जुम्लाका भेडा जाजरकोटमा बढ्दो चिसोको प्रकोपका कारण जुम्लाका अधिकांश भेडा र घोडी चिसो छल्न जाजरकोटमा लिइएका छन्। जुम्लाको तुलनामा जाजरकोटमा तातो हुने र हिउँदको समयमा पनि बोट बिरुवा हरियाली हुने भएकाले भेडा र घोडी पाल्न सजिलो हुने भन्दै जुम्ला अधिकांश किसानले पशु जाजरकोट ल्याएका छन्।

तातोपानी गाँउपालिका का ५० बढी संख्यामा रहेका भेडापालक मदकृष्ण उपाध्यायले भने, ‘जुम्लासँग जोडिएको र चरिचरण क्षेत्र धेरै भएको र हिँउदे मौसममा पनि त्यति चिसो नहुने भएकाले भेडा, घोडी जाजरकोटमा लिएको छुँ। यहाँ पाल्न सजिलो छ। तर कर तिर्नुपर्छ। सँधै यँहा राख्न सम्भाव छैन। फागुनपछि जुम्लाका पाटन हरियालि हुन्छन्। त्यतिखेर भेडा, घोडी जुम्ला ल्याउने हो'।

तातोपानी कै भेडा ालक कृषक कालिबहादुर खत्री र धनबहादुर खत्रीका पनि पाँच सयभन्दा बढी भेडा, बाख्रा र घोडी चिसो छल्न भन्दै जाजरकोट ल्याइएका छन्। भेडापालक कृषक कालिबहादुर खत्रीले भने, ‘गत वर्ष घरमै भेडा राख्दा चिसोले ४०÷५० भेडा, बाख्रा मरे, यसवर्ष पनि चिसोले दाना, पानी खान छोडेपछि चिसो छल्न तातो स्थानमा लिन बाध्य भएका हौं।'

उनी जस्तै जुम्लाका एक हजारभन्दा बढी भेडा, घोडीपालक कृषकले हरेक वर्ष चिसो छल्न आफ्ना पशुवस्तुलाई तातो ठाउँ जाजरकोट, दैलेख र सुर्खेतसम्म लिने गरेका छन्।

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2