MENU

मनाङ सेमिफाइनलमा

patan-college

अन्नपूर्ण शनिवार, पुस २९, २०७४ 279 पटक पढिएको

Share This

635-x-85

खप्तड गोल्डकप

 

धनगढी : रूपन्देही-११ लाई फराकिलोअन्तरले पराजित गर्दै साबिक विजेता मनाङ मस्र्याङ्दी क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको क्वार्टरफाइनल खेलमा रूपन्देही-११ लाई ४-० गोलले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।

गोल्डकपमा मनाङको जित नै अहिलेसम्मको फराकिलो जित हो। यसअघि थ्री स्टारले झापा- ११ लाई ३-१ गोलले हराएको थियो। खेलको २०औं मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टर अमोवीले टोलीलाई अग्रता दिलाए।

पहिलो हाफमा १-० ले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती रूपमा पाएको थियो। छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५औं मिनेटमा आफ्नै पोस्टमा गोल भएपछि मनाङको अग्रता दोब्बर भएको थियो। अधिकांश समय बल कब्जामा राखेको मनाङका लागि ८३औं मिनेटमा विशाल राई र ८४औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई अन्तिम चारमा पुर्‍याए।

शुक्रबारको खेल सकिएसँगै गोल्डकपको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ। शनिबार मनाङ र आर्मीबीच पहिलो सेमिफाइनल खेल हुनेछ।

मनाङका प्रशिक्षक हेमन्त आलेले खेलाडीबीच तालमेल मिलेकाले सानदार जित सम्भव भएको बताए। ‘हामीले धेरै पटक विपक्षी टिमसँग खेलिसकेका छौं उनीहरूको रणनीति थाहा भएकोले त्यहीअनुसार खेल्न सजिलो भयो’ उनले भने।

रूपन्देही-११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले गोल खाँदा हार बेहोरेको बताए। ‘आफ्नै गल्तीले सुरुमै गोल खाँदा दबाबमा खेल्नु पर्‍यो। पाएको मौका पनि सदुपयोग गर्न नसक्दा हार बेहोर्नु पर्‍यो’ उनले भने।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2