MENU

चिसोले विद्यालय बन्द

patan-college

सुन्दरसिंह धामी शनिवार, पुस २९, २०७४ 252 पटक पढिएको

Share This

635-x-85

दार्चुला : चिसो बढेपछि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। केही दिनयता बढेको चिसोका कारण आधाभन्दा बढी विद्यार्थी विद्यालय नआएकाले विद्यालय बन्द गर्नुपरेको प्याब्सन दार्चुलाका अध्यक्ष प्रवेशप्रताप एतवालले जानकारी दिए।

जिल्लाका केही विद्यालयले पुस २६ गतेदेखि विद्यालय बन्द गरे पनि अधिकांशले २८ गतेदेखि माघ ३ गते सम्मका लागि विद्यालय बन्द गरेका छन्। यो वर्ष दार्चुलामा अत्यधिक चिसो बढेकाले समयमै विद्यालय बन्द गर्नुपरेको जिल्ला शिक्षा कार्यालय दार्चुलाका विद्यालय निरीक्षक जयराज पन्तले बताए। उनले भने, ‘जिल्लामा १० वटा संस्थागत (निजी) विद्यालय रहेका र ती सबैलाई समयमै बिदा गर्न पत्राचार गरेका छौं।'

बाक्लो हुस्सु र सिरेटो चल्न थालेपछि विद्यालय बन्द गर्नुको विकल्प नरहको पन्तले बताए। केही दिनदेखि बढेको चिसोका कारण पाइपहरूमा पानी जमेर पानी आउन छाडेको उनले बताए। पाइपभित्र पानी जमेर पाइप नै जाम भएपछि खानेपानीको पनि निकै सम्स्या भएको वसन्त भ्याली पब्लिकका संस्थापक अध्यक्ष अन्तरामसिंह ढाटले बताए।

दार्चुला स्रोतकेन्द्रका अनुसार सात वटा निजी विद्यालय बुधबारदेखि लागू हुनेगरी बन्द गर्ने निर्णय गरिएको स्रोत व्यक्ति करनबहादुर ठगुन्नाले बताए।

जिल्लामा धेरै चिसो बढेकाले जिल्ला प्याब्सन कार्यसमितिअन्र्तगतका पदाधिकारीले गरेको निर्णयअनुसार तीन दिन अघिदेखि नै विद्यालय बिदा गर्नुपरेको अध्यक्ष एतवालले बताए। ‘हामीले पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेका थियौँ,' एतवालले भने, ‘जाडोले विद्यार्थी आउनै नसक्ने भए। अभिभावकले पनि बिदा दिन दबाब दिए, त्यसैले स्रोतकेन्द्रभित्रका केही विद्यालय २५ गतेदेखि नै बन्द गरिएको हो। बाँकी विद्यालय पनि पुस २८ देखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेका छौं।'

चिसोले साना बालबालिकालाई विद्यालय जान निकै कठिन हुन थालेपछि जिल्लाका सबै सामुदायिक विद्यालयसमेत बन्द गरिएका छन्। केही विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षालगत्तै बन्द गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2